IME Life New

नाडेप लघुवित्त घाटामा, ईपीएस रु. १०.२४ ले ऋणात्मक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले आज चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ४ करोड ९७ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ५ लाख १० हजार रुपैयाँ नाफा आर्जन गरेको छ।

Esewa
Crest

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा संस्थाले ५ करोड २ लाख सञ्चालन घाटा व्यहोरेको छ। अघिल्लो वर्ष संस्थाले १ लाख १३ हजार रुपैयाँ सञ्चालन मुनाफा भएको थियो।

संस्थाको ब्याज आम्दानी बढेर ५ करोड ८३ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाको ब्याज आम्दानी ५ करोड १९ लाख रुपैयाँ थियो।

प्रथम त्रैमाससम्म संस्थाले ३ अर्ब १७ करोड रुपैयाँ सापटी लिएर ६ अर्ब २ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले २ अर्ब ८३ करोड रुपैयाँ सापटी लिएर ५ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

चुक्तापुँजी ४८ करोड ५७ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भमा २३ करोड ४६ लाख रुपैयाँ र रिटेन्ड अर्निङ ११ करोड ९६ लाख रहेको छ। अघिल्लो वर्ष रिजर्भमा २२ करोड ४८ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा २० करोड २२ लाख रुपैयाँ थियो। रिजर्भको आकार बढेको छ भने रिटेन्ड अर्निङ घटेको छ।

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर १०.५१ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल ६.५६ प्रतिशत थियो। खराब कर्जा मेन्टेन गर्न संस्थाले २ करोड ९० लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ।

संस्थाको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) १०.२४ रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष ईपीएस ०.४२ रुपैयाँ थियो। संस्थाको प्रतिशेयर नेटवर्थ १७२.९३ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS