IME Life
GBIME

फेडले ब्याजदर कटौती गर्दा विश्व शेयर बजारमा उछाल, चीनले पनि दिँदैछ खुसीको खबर

SPIL
NIC ASIA new
NLIC

काठमाठौं । फेडरल रिजर्भ बैंकले बिहीबार राति ठूलो निर्णय गर्दै ब्याजदर कटौतीको घोषणा गरेको छ ।

फेडले २५ आधार बिन्दु अर्थात ०.२५ प्रतिशतले ब्याजदर घटाएको हो । यो कटौतीपछि अब अमेरिकामा ब्याजदर ४.७५ प्रतिशत कायम भएको छ।

Crest

यसअघि फेडले सेप्टेम्बरमा ब्याजदर घटाइएको थियो । अमेरिकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदरमा कटौती गरिएको हो। जसका कारण विश्व शेयर बजारमा अत्याधिक उछाल आएको छ ।

अर्कोतर्फ चीनले लगानीकर्ताहरुलाई खुसीको खबर दिँदै छ। चीनको नेसनल पिपुल्स कंग्रेस (एनपीसी)को बैठक आज सकिँदैछ। त्यसपछि आज राहत प्याकेज घोषणा हुन सक्छ ।

रोयटर्सको रिपोर्टका अनुसार चीनले आज अर्बौं डलरको थप राहत प्याकेज घोषणा गर्न सक्छ। यदि यो भयो भने यसले चीनको अर्थतन्त्रलाई बढावा दिनेछ र त्यहाँको शेयर बजारमा पनि उछाल आउन सक्छ। यसले चीनतर्फ विदेशी लगानीकर्ताको झुकाव पनि बढाउनेछ । –एजेन्सीको सहयोगमा

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS