IME Life New

ट्रम्पको रिइन्ट्री बलियो बन्यो डलर, नेपाली बजारमा नयाँ रेकर्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन डोनाल्ड ट्रम्प विजयी भएसँगै विश्व बजारमा अमेरिकी डलरको भाउ बढेको छ। नेपाली बजारमा आज डलरको भाउले नयाँ रेकर्ड बनाएको छ।

नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दरअनुसार १ अमेरिकी डलरको खरिददर १३४.५६ रुपैयाँ र बिक्रीदर १३५.१६ रुपैयाँ कायम भएको छ। जुन हालसम्मकै उच्च हो।

Esewa
Crest

यसअघि गत कात्तिक २ गते अमेरिकी डलरको भाउ नयाँ कीर्तिमानी उचाइमा पुगेको थियो। यो दिन १ अमेरिकी डलरको खरिददर १३४.२२ रुपैयाँ र बिक्रीदर १३४.८२ रुपैयाँ कायम भएको थियो।

डलरको भाउ बढ्दा मुलुकको व्यापार घाटा झन् बढ्न सक्छ। किनकि नेपालको निर्यातभन्दा आयात धेरै हुने गरेको छ। अर्कोतर्फ डलरको भाउ बढ्दा रेमिट्यान्स पठाउनेलाई फाइदा हुन्छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS