IME Life New

विश्व बजारमा कच्चा तेल र सुनको मूल्यमा भारी गिरावट, अझै घट्ने अनुमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्व बजारमा कच्चा तेल र सुनको मूल्यमा भारी गिरावट आएको छ।

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएसँगै विश्व बजारमा कच्चा तेल र सुनको मूल्यमा भारी गिरावट आएको हो। विश्वका अमेरिकाको रिपब्लिकन पार्टी त्यति उदार मानिँदैन।

Esewa
Crest

विश्व बजारमा बिहीबार बिहानसम्म सुनको भाउ प्रतिऔँस ८२.९४ डलरले घटेको छ। योसँगै प्रतिऔँस सुनको भाउ २६५७.०९ डलरमा कारोबार भइरहेको छ।

उता कच्चा तेलको भाउ भारी गिरावट आएको छ। ब्रेन्ट क्रुडको मूल्य १.६७ प्रतिशतले घटेर प्रतिब्यारेल ७४.२२ डलरमा कारोबार भइरहेको छ। डब्ल्यूटीआई बजारमा कच्चा तेलको मूल्य १.७४ प्रतिशतले घटेर प्रतिब्यारेल ७०.७७ डलरमा झरेको छ।

राष्ट्रपतिमा रिपब्लिकन पार्टीका तर्फबाट ट्रम्प विजयी भएपछि अमेरिकाको अर्थतन्त्र र डलर बलियो हुने विश्लेषकहरु बताउँछन्। सोही कारण कच्चा तेल र सुनको भाउ घटेको उनीहरुको विश्लेषण छ। भाउ अझै घट्न सक्ने उनीहरुको अनुमान छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS