IME Life New

अमेरिकामा फेरि ‘ट्रम्प सरकार’, फोक्स न्युजले गर्यो जितको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकामा फेरि ट्रम्प सरकार दोहोरिने सम्भावना बलियो देखिएको छ। अमेरिकी राष्ट्रपति निर्वाचनको पछिल्लो मत परिणामले यस्तो देखिएको हो।

राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले लगातार अग्रता लिइरहेका छन्। राष्ट्रपति बन्न २७० इलेक्ट्रोल भोट चाहिन्छ। कुल इलेक्ट्रोल भोट ५३८ रहेको छ।

Esewa
Crest

पछिल्लो मत परिणामअनुसार ट्रम्पले हालसम्म २६६ इलेक्ट्रोल भोट पाएका छन् भने डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसले २१४ मत पाएकी छन्।

उता अमेरिकी फोक्स न्युजले रिपब्लिकन उम्मेदवार ट्रम्पको जितको घोषणा गरेको छ। उसले अमेरिकाको भावी राष्ट्रपतिमा ट्रम्पको जित लगभग पक्का भएको दाबी गरेको छ। योसँगै ट्रम्प समर्थकमा खुसियाली छाएको छ।

दुवै उम्मेदवारको ध्यान ७ स्विङ स्टेटमा रहेको छ। पछिल्लो मत परिणामअनुसार तीमध्ये २ स्टेटमा ट्रम्पले जित हासिल गरिसकेका छन् भने बाँकी ५ वटामा पनि अग्रता लिइरहेका छन्। यो अग्रतासँगै ट्रम्पले २७७ इलेक्ट्रोल भोट पाएर विजयी हुने फोक्स न्युजको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS