IME Life New

अमेरिकी राष्ट्रपति चुनावः डोनाल्ड ट्रपको अग्रता, आश्चर्यजनक नतिजा ल्याउने दाउमा कमला ह्यारिस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावको मतदान गणना जारी रहेको छ।

पछिल्लो चुनावी नतिजाले राष्ट्रपति उम्मेदवार डेमोक्रेट कमला ह्यारिस र रिपब्लिकन डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा देखिएको छ। दुवै जितका लागि कडा संघर्ष गरिरहेका छन्।

Esewa
Crest

चुनावी प्रचारका क्रममा दुवै प्रतिद्वन्द्वीको पूरै ध्यान स्विङ स्टेटमा रहेको थियो। जसमा धेरैजसोमा ट्रम्प अगाडि बढिरहेका छन्।

ती स्विङ स्टेटमध्ये पेन्सिल्भेनिया किङमेकर बन्न सक्छ। विश्वको सबैभन्दा जटिल अमेरिकी चुनावी प्रक्रियामा राष्ट्रपति बन्नका लागि बहुमतको आँकडा २७० रहेको छ। इलेक्ट्रोल कलेजका माध्यमबाट आगामी राष्ट्रपति चुनिनेछन्।

अमेरिकी राष्ट्रपति चुनावको अन्तिम मोमेन्टमा डेमोक्रेट उम्मेदवार ह्यारिसले आश्चर्यजनक नतिजा ल्याउन सक्ने अनुमान गरिएको छ। अहिलेसम्म नतिजाअनुसार उनले २१० इलेक्ट्रोल कलेज भोट हासिल गरेकी छन्।

उता ट्रम्प अझै जितबाट निकै टाढा छन्। उनले २४७ इलेक्ट्रोल कलेज भोट पाएका छन्। अझै ८१ इलेक्ट्रोल कलेजको मत परिणाम आउन बाँकी रहेको छ। – एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS