IME Life New

बोइङका कर्मचारीको आन्दोलन टुंगियो, ३८%ले तलब बढाउनेमा सहमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तलब वृद्धिमा सहमति भएसँगै बोइङ कर्मचारीहरुले थालेको आन्दोलन टुंगिएको छ। विश्वकै ठूलो विमान निर्माता कम्पनी बोइङका कर्मचारीले ७ हप्ता लामो आन्दोलन व्यवस्थापन पक्षसँगको सहमतिमा टुंग्याएका हुन्।

कम्पनी व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच ३८ प्रतिशतले तलब बढाउने सहमति भएको छ। यो ४ वर्षे सहमति हो। यसअघि कम्पनीको ३५ प्रतिशतले तलब बढाउने प्रस्ताव आन्दोलित कर्मचारीले मतदानमार्फत अस्वीकृत गरेका थिए। पछिल्लो ३८ प्रतिशतले तलब बढाउने कम्पनीको प्रस्ताव पनि कर्मचारीहरुले मतदानमार्फत स्वीकृत गरेका हुन्।

Esewa
Crest

यसअघि बोइङका कर्मचारीहरुले गत सेप्टेम्बर १४ देखि तलब वृद्धिको माग गर्दै आन्दोलन गरिरहेका थिए। कर्मचारी युनियनमा आबद्ध करिब ३३ हजार कर्मचारीले काम राकेका थिए। उनीहरुको आन्दोलनले कम्पनीको ७३७ म्याक्स, ७६७ र ७७७ विमान उत्पादन प्रभावित बनेको थियो।

यसअघि पनि कम्पनीले गरेको ३० प्रतिशत तलब वृद्धिको प्रस्ताव कर्मचारीहरुले अस्वीकृत गरेका थिए। उनीहरुले यति वृद्धि दैनिक जीवनयापन सहज नहुने बताएका थिए।

कर्मचारीहरुले ४० प्रतिशत तलब वृद्धिको माग अघि सार्नुका साथै पेन्सनको व्यवस्था गर्नुपर्ने माग गरेका थिए। –एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS