IME Life New

एटीएमबाट पैसा निस्केन तर बैंक खाताबाट ब्यालेन्स घट्यो ? कसरी हुन्छ हिसाब मिलान ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कार्ड प्रयोग गरेर एटीएमबाट नगद निकाल्दा कुनै प्राविधिक समस्याका कारणले नगद निस्कन नसक्दा पनि कहिलेकाहीँ खाताबाट मौज्दात (ब्यालेन्स) घट्न सक्छ। यस्तो अवस्थामा हिसाब मिलानका लागि नेपाल राष्ट्र बैंकले नियामकीय प्रावधान तोकेको छ।

एटीएमबाट नगद ननिस्केको अवस्थामा रकम फिर्ता गर्नका लागि ग्राहकले खबर गरेमा वा नगरेमा देहायबमोजिमको अवधिभित्र ग्राहकको खातामा रकमको हिसाब मिलाउनुपर्ने व्यवस्था छः

Esewa
Crest
  • कार्ड जारी गर्ने संस्था र कार्ड प्रयोग भएको एटीएम एउटै संस्थाको भएमा कारोबार भएपछिको १ दिन (टी प्लस १) भित्र।
  • कार्ड जारी गर्ने संस्था र कार्ड प्रयोग भएको एटीएम फरक संस्थाको भई दुवै नेपाली संस्था भएमा कारोबार भएपछिको ३ दिन (टी प्लस ३) भित्र।
  • कार्ड जारी गर्ने संस्था र कार्ड प्रयोग भएको एटीएम फरक संस्थाको भई कुनै एक विदेशी संस्था भएमा कारोबार भएपछिको ३० दिन (टी प्लस ३०) भित्र।

उपर्युक्त समयसीमाभित्र हिसाब मिलाउने दायित्व उपकरण जारी गर्ने र प्रयोग हुने दुवै संस्थाको हुन्छ। यससम्बन्धी थप जानकारी आवश्यक भएमा सम्बन्धित संस्थामा सम्पर्क गर्नुपर्छ। नियामकीय व्यवस्थाप्रति जानकार रही वित्तीय कारोबार गर्न राष्ट्र बैंकले आग्रह गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS