IME Life New

सोल्टी होटलको बम्पर लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सोल्टी होटलले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश प्रस्ताव गरेको छ।

होटल सञ्चालक समितिको कात्तिक १३ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार होटलले शेयरधनीहरुलाई चुक्तापुँजीको कुल ३६.८४ प्रतिशत वितरण गर्ने निर्णय गरेको हो। होटलले १० प्रतिशतले हुन आउने बोनस शेयर र २६.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

Esewa
Crest

प्रस्तावित लाभांश पारित गर्न होटलले आगामी पुस ४ गते ५० औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे सुरु हुनेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ होटलले मंसिर १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १३ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो होटलको लाभांश पाउन र सभा लिन योग्य हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS