IME Life New

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको आयोजनामा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको आयोजनामा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार बैंकले एक कायक्रम गर्दै लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न गरेको हो

विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसर पारी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले एक दिने लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न गरेको बैंकले जनाएको छ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले उक्त कार्यक्रम हेटौंडा, मकवानपुरमा आयोजना गरेको होे ।

Esewa
Crest

कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका इन्भेष्टमेन्ट बैंकिङ्ग तथा मार्केटिङ प्रमुख सुशान्त खतिवडाले सहभागी राष्ट्रसेवक प्रहरीहरुलाई शेयर बजार र लगानी शिक्षा तथा लगानी गर्दा अपनाउनु पर्ने सचेतनाका बारेमा प्रकाश पारेका थिए।

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानि ब्यबस्थापन सेवा, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभुति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा शेयर रजिष्ट्रार सम्वन्धि सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS