IME Life New

जलवायु परिवर्तनको जोखिम बीमाका लागि फ्रान्सेली सरकारको रु. २ करोड सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युरोपेली तथा विदेशी मामिलासम्बन्धी फ्रान्सेली मन्त्रालयले नेपालमा जारी युएन विश्व खाद्य कार्यक्रमका लागि १ लाख ६१ हजार अमेरिकी डलर (२ करोड १६ लाख ५८ हजार नेपाली रुपैयाँ) अनुदान सहयोग दिने भएको छ।

पर्यावरणीय जोखिमको वित्तीयकरण र बीमालाई प्रतिक्रियात्मक सामाजिक सुरक्षासँग अनुबन्ध गर्ने ‘लिंकिङ क्लाइमेट रिस्क फाइनान्सिङ एन्ड इन्स्योरेन्स विथ सक रेस्पोन्सिभ सोसल प्रोटेक्सन’ नामक परियोजनाका लागि यो अनुदान सहयोग उपलब्ध गराउन लागेको हो।

Esewa
Crest

फ्रान्सेली दूतावासका अनुसार बाढी, पहिरो र अन्य प्राकृतिक विपत्तिका कारण हुन सक्ने प्रभावबाट जोखिममा रहेका समुदायलाई उचित सुरक्षा प्रदान गर्ने नेपाल सरकारको विपद उद्धार कार्यमा सघाउनका लागि योग परियोजना लक्षित हुनेछ।

यो परियोजना विश्व खाद्य कार्यक्रम सामाजिक सुरक्षा कोष रोमको एउटा अंश हो । यो परियोजना विपदको उच्च जोखिमयुक्त क्षेत्रमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र अन्य सरोकारवालामार्फत लागू गरिनेछ।

खाद्य कार्यक्रमको विद्यमान कामबाहेक यो परियोजनाले विपदपूर्व र पश्चात अझै द्रुत र प्रभावकारी सम्बोधनसँगै सर्वसाधारणसम्म वित्तीय सहयोगको सुनिश्चितता गर्नेछ। यो परियोजनाले विपद जोखिम कोषलाई सामाजिक सुरक्षासँग जोड्दै भविष्यमा विपदका कारण नेपाली नागरिक र अर्थतन्त्रमा पर्न सक्ने क्षतिलाइ न्यूनीकरण गर्ने लक्ष्य लिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS