IME Life New

तिहारका लागि सुनको असर्फी र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक, कहिलेबाट किन्न पाइन्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारका लागि सुनको असर्फी र चाँदीका सिक्का बिक्री खुला गर्ने भएको छ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले आज एक सूचना जारी गर्दै सुनको असर्फी र चाँदीका सिक्का बिक्री खुला गर्न लागिएको जानकारी गराएको । महाशाखाले २.५ ग्रामका सुनको असर्फी प्रतिव्यक्ति एक थानका दरले फर्स्ट कम फर्स्ट सर्भडका आधारमा कात्तिक १३ गते मंगलबार १ दिनमात्र बिक्री खुला गर्नेछ। ग्राहकले बिहान ११ बजेदेखि मौज्दात कायम रहेमा मध्याह्न ४ बजेसम्म महाशाखाबाट सुनका असर्फी खरिद गर्न सक्नेछन्।

Esewa
Crest

यसैगरी कात्तिक ११ गतेदेखि कात्तिक १४ गतेसम्म चाँदीका स्मारिका तथा मेडालियन बिक्री खुला गरिने महाशाखाले जनाएको छ। प्रतिव्यक्ति बढीमा ५ थानसम्म (गाई अंकित २५ ग्राम, गाई अंकित १० ग्राम, लक्ष्मी अंकित १० ग्राम, गणेश अंकित १० ग्राम र गजलक्ष्मी अंकित १० ग्राम) किन्न पाइनेछ। बिहान ११ बजेदेखि मध्याह्न ४ बजेसम्म बिक्री खुला गरिने महाशाखाले जनाएको छ।

सुनका असर्फी र चाँदीको सिक्का खरिद गर्न ग्राहकले अनिवार्य रुपमा नक्कल नागरिकता वा सो खुल्ने प्रमाण र सोको प्रतिलिपिसहित उपस्थित हुनुपर्नेछ। सुन असर्फी तथा चाँदीको सिक्का खरिदका लागि नगद तथा क्यूआरमार्फत भुक्तानी गर्न सकिने व्यवस्था महाशाखाले गरेको छ।

सुनको असर्फीको दररेट दैनिक रुपमा निर्धारण हुने भएकोले सोही दिन ११ बजेपछि मात्र महाशाखाबाट बिक्री कार्य सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS