IME Life New

बोइङको ३५% तलब बढाउने प्रस्ताव आन्दोलित कर्मचारीबाट अस्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विमान निर्माता कम्पनी बोइङको ३५ प्रतिशतले तलब बढाउने प्रस्ताव आन्दोलित कर्मचारीले अस्वीकृत गरेका छन्।

कम्पनीले गरेको यो ४ वर्षे नयाँ प्रस्तावले कर्मचारीको एकमहिने लामो आन्दोलन स्थगित हुने अपेक्षा गरिएको थियो। तर, कर्मचारी कम्पनीको प्रस्ताव अस्वीकृत गरेका छन्।

Esewa
Crest

आन्दोलित कर्मचारीहरुले कम्पनीको नयाँ प्रस्तावमाथि मतदान गरेका थिए। जसमा कर्मचारी युनियनमा आबद्ध ६४ प्रतिशतले कम्पनीको प्रस्तावको विपक्षमा मतदान गरेका छन्।

बोइङका कर्मचारीहरुले गत सेप्टेम्बर १४ देखि तलब वृद्धिको माग गर्दै आन्दोलन गरिरहेका छन्। कर्मचारी युनियनमा आबद्ध करिब ३३ हजार कर्मचारीले काम राकेका छन्। उनीहरुको आन्दोलनले कम्पनीको ७३७ म्याक्स, ७६७ र ७७७ विमान उत्पादन प्रभावित बनेको छ।

यसअघि पनि कम्पनीले गरेको ३० प्रतिशत ज्याला वृद्धिको प्रस्ताव कर्मचारीहरुले अस्वीकृत गरेका थिए। उनीहरुले यति वृद्धि दैनिक जीवनयापन सहज नहुने बताएका थिए।

कर्मचारीहरुले ४० प्रतिशत तलब वृद्धिको माग अघि सार्नुका साथै पेन्सनको व्यवस्था गर्नुपर्ने माग गरेका थिए। –एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS