IME Life New

सानिमा बैंकको नाफासँगै घट्यो प्रतिशेयर आम्दानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक पहिलो त्रैमासमा बैंकले ३९ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४८ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा १७.२७ प्रतिशतले कम हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.२६ प्रतिशत घटेको छ । यस अवधिमा बैंकले १ अर्ब ३२ करोड खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५२ करोड खुद ब्याज आम्दानी गरेको थियो ।

Esewa
Crest

समिक्षा अवधिमा खुद फि तथा कमिशन आम्दानी ७.५२ प्रतिशतले बढेको छ। बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ५.१५ प्रतिशत र सञ्चालन मुनाफा २०.८० प्रतिशतले घटेको छ।

१३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोष ५.३७ प्रतिशतले बढेको छ। यस अवधिमा बैंकको निक्षेप १.३४ प्रतिशत र कर्जा तथा सापटी ०.९२ प्रतिशतले बढेको छ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७१ करोड ३५ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी आम्दानी ३ रुपैयाँ ४४ पैसा घटेर ११ रुपैयाँ ७७ पैसा झरेको छ। गत आर्थिक वर्षको समिक्षा अवधिमा प्रतिशेयर आम्दानी १५ रुपैयाँ २१ पैसा थियो ।  असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ९६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३०.१४ गुणा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS