IME Life New

भारतमा ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा र म्यादी जीवन बीमामा कर हटाउने तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेकी राष्ट्र भारतले ज्येष्ठ नागरिकको जीवन बीमा र स्वास्थ्य बीमाशुल्कबाट वस्तु तथा सेवा कर (जीएसटी) सम्बन्धी प्रावधान हटाउने तयारी गरेको छ। यी दुबै खाले बीमाका लागि अब भारतीय नागरिकले १८ प्रतिशतको दरले जीएसटी तिर्नु नपर्ने भएको छ।

भारतको राज्य सरकारका वित्त मन्त्रीहरूको बैठकले यस विषयमा सहमत भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो कार्यान्वयन भएमा अाम नागरिकको बीमाको लागत निकै कम हुने अपेक्षा गरिएको छ ।

Esewa
Crest

यसैबीच, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले जीएसटी छुटको विषयमा एक्स ह्यान्डलमा सन्देश दिएकी छिन्। उनले लेखेकी छिन्, “हाम्रो सबै प्रयासका साथ, केन्द्र सरकार अन्ततः जीवन र स्वास्थ्य बीमामा १९ प्रतिशत जीएसटी फिर्ता गर्ने बाटोमा छ।अन्ततः हाम्रो दबाबमा केन्द्र सरकारले आत्मसमर्पण गर्दैछ ।” 

बिहारका उपमुख्यमन्त्री सम्राट चौधरीको नेतृत्वमा बसेको मन्त्रिपरिषद्को बैठकले जीवन बीमाको म्यादी बीमालेखमा जीएसटी हटाउने र ज्येष्ठ नागरिकको स्वास्थ्य बीमाशुल्कमा कुनै कर नलाग्ने प्रस्ताव गरेको हो ।

५ लाखसम्मको स्वास्थ्य बीमा भएका ज्येष्ठ नागरिक बाहेकका अन्य नागरिकहरूले पनि आफ्नो स्वास्थ्य बीमाशुल्कमा कर तिर्नुपर्नेछैन। स्वास्थ्य बीमा  ५ लाख रुपैयाँभन्दा बढी भएमा बीमाशुल्कमा १८ प्रतिशत कर लाग्नेछ।

जिएसटी परिषदले आफ्नो आगामी बैठकमा मन्त्रिपरिषद्को सिफारिसलाई कार्यान्वयन गर्ने बारे अन्तिम निर्णय गर्नेछ।

बैठकपछि पश्चिम बंगालका अर्थमन्त्री चन्द्रिमा भट्टाचार्यले जीवन बीमामा म्यादी बीमा र स्वास्थ्य बीमाशुल्कमा जीएसटी दर घटाउने विषयमा केन्द्र सरकारको मन्त्री समूहको सिफारिससहित प्रतिवेदन बुझाइएको बताइन्।

बिहारका उपमुख्यमन्त्री सम्राट चौधरीको नेतृत्वमा रहेको समितिमा उत्तर प्रदेश, पश्चिम बंगाल, पञ्जाब, केरला, कर्नाटक, तमिलनाडु, आन्ध्र प्रदेश, राजस्थानलगायत १३ राज्यका प्रतिनिधि थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS