IME Life New

बोइङको ३५% तलब बढाउने प्रस्तावमा मतदान गर्दै आन्दोलित कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विमान निर्माता कम्पनी बोइङको ३५ प्रतिशतले तलब बढाउने प्रस्तावमा आन्दोलित कर्मचारीले मतदान गर्ने भएका छन्।

कम्पनीले गरेको यो ४ वर्षे नयाँ प्रस्तावले कर्मचारीको एकमहिने लामो आन्दोलन स्थगित हुने अपेक्षा गरिएको छ। यद्यपि, कर्मचारीको मतदानपछि मात्रै आन्दोलन रोकिने वा अघि बढ्ने निश्चित हुनेछ।

Esewa
Crest

आन्दोलित कर्मचारीहरुले आउँदो बुधबार कम्पनीको नयाँ प्रस्तावमाथि मतदान गर्नेछन्। उनीहरुले गत सेप्टेम्बर १४ देखि तलब वृद्धिको माग गर्दै आन्दोलन गरिरहेका छन्।

कर्मचारी युनियनमा आबद्ध करिब ३३ हजार कर्मचारीले काम राकेका छन्। उनीहरुको आन्दोलनले कम्पनीको ७३७ म्याक्स, ७६७ र ७७७ विमान उत्पादन प्रभावित बनेको छ।

कर्मचारीहरु राजी भएमा कम्पनीलाई ज्यालामा थप ३५ अर्ब डलर आवश्यक पर्नेछ।

यसअघि कम्पनीले गरेको ३० प्रतिशत ज्याला वृद्धिको प्रस्ताव कर्मचारीहरुले अस्वीकृत गरेका थिए। उनीहरुले यति वृद्धि दैनिक जीवनयापन सहज नहुने बताएका थिए।

कर्मचारीहरुले ४० प्रतिशत तलब वृद्धिको माग अघि सार्नुका साथै पेन्सनको व्यवस्था गर्नुपर्ने माग गरेका थिए।

उता कम्पनीले आउँदो नोभेम्बरमा आफ्नो कार्यबलबाट १७ हजार कार्मचारी कटौतीको निर्णय पनि गरेको छ। जुन कुल कर्मचारी संख्याको १० प्रतिशत हो। –एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS