IME Life New

मलेसियामा बढ्यो न्यूनतम तलब, नेपाली श्रमिक पनि लाभान्वित हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मलेसियामा कामदारको न्यूनतम तलब वृद्धि भएको छ। मलेसिया सरकारले कामदारको न्यूनतम तलब बढाएको हो।

वर्ष २०२५ को बजेट भाषणमार्फत मलेसिया सरकारले कामदारको तलब प्रतिमहिना १ हजार ५०० रिंगेटबाट बढाएर १ हजार ७०० रिंगेट कायम गरिएको घोषणा गरेको छ। नयाँ न्यूनतम तलब वर्ष २०२५ फेब्रुअरीबाट लागू हुनेछ।

Esewa
Crest

मलेसियाको बजेटमा उल्लेख भएअनुसार नयाँ तबलमान ५ जनाभन्दा कम कामदार भएका कम्पनीका लागि लागू हुनेछ। यसअघि मलेसियामा कामदारको न्यूनतम तलब १ हजार ५०० रिंगेट थियो।

मलेसिया सरकारले तलब वृद्धि घोषणा गरेसँगै त्यहाँ रहेका नेपालीसहित विदेशी श्रमिक पनि लाभान्वित हुने भएका छन्। किनकि मलेसिया सरकारले आफ्ना नागरिक र आप्रवासी श्रमिकबीच न्यूनतम तलब समान रुपमा लागू गर्दै आइरहेको छ।

मलेसियामा सबैभन्दा धेरै विदेशी कामदारका रुपमा बंगलादेशी रहेका छन्। दोस्रो धेरै इन्डोनेसियाली मलेसियामा कार्यरत छन्। मलेसियामा विदेशी श्रमिकका रुपमा तेस्रो धेरै नेपाली छन्। हाल मलेसियामा करिब ४ लाख नेपाली श्रमिक रहेको त्यहाँको सरकारी तथ्यांकले देखाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS