IME Life New

तथ्यांक-आधारित बीमा पर्यवेक्षणमा सुधार, १९औँ परामर्शदाता फोरमको मुख्य एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कात्तिक पहिलो साता हुने यस वर्षको १९औँ परामर्शदाता फोरमले तथ्यांक- आधारित बीमा पर्यवेक्षणको विषयमा मुख्य छलफल र परामर्श गर्ने भएको छ।

कात्तिक ५ गते होटल याक एण्ड यतीमा हुने फोरम बैठकमा उदीयमान प्रविधिहरू र नवीन तथ्यांक-आधारित समाधानले परिदृश्यलाई पुन: परिभाषित गर्दै जाँदा, डाटा-आधारित पर्यवेक्षणका चुनौतीहरू र अवसरहरूबारे छलफल हुनेछ। बीमा पर्यवेक्षणमा तथ्यांक- आधारित दृष्टिकोणहरूको भूमिका, नियामक र बीमकका लागि समानरूपमा एक आधारशिला बन्दै गइरहेको पृष्ठभूमीमा यो बैठक हुन लागेको हो ।

Esewa
Crest

बैकठले बीमा पर्यवेक्षणमा तथ्यांकको आधारभूत र उन्नत अनुप्रयोगहरू अन्वेषण गर्न अन्तरकृयात्मक र आकर्षक मञ्च प्रदान गर्ने आयोजक संस्थाको अपेक्षा छ। बैठकमा छलफल गरिने प्रमुख विषयहरूमा नियामक ढाँचामा विश्लेषणात्मक भूमिका, खतरा र जोखिम तथ्यांक मोडलिङ, र बीमा पर्यवेक्षणलाई बढावा दिन प्रविधि र सहयोगको भविष्य समावेश छन्।

एक्सेस टु इन्क्लुसिभ इन्स्योरेन्सका अनुसार फोरम बैठकमा बीमा पर्यवेक्षक, नियामक, नीति निर्माता, बीमक, सर्वेक्षक, ब्रोकर, तथ्यांक विश्लेषक, प्रविधि विशेषज्ञ र तथ्यांक-आधारित नियामक अभ्यासहरूको भविष्यमा लगानी गरेका अन्य सरोकारवालाको सहभागिता रहनेछ।

बैठकमा चर्चा हुने प्रमुख विषयहरूः

तथ्यांक-आधारित पर्यवेक्षणका विषय: आधारभूत पक्ष अन्तर्गत बीमा पर्यवेक्षणमा तथ्यांक समावेश गर्ने आधारभूत कुराहरू र उपभोक्ता संरक्षणसम्बन्धी सिद्धान्तहरूको सम्बन्धमा छलफल हुनेछ।

उन्नत विश्लेषण र व्यावहारिक अनुप्रयोगहरू: जोखिम नमूना, जोखिम तथ्यांक र नियामक दृष्टिकोणबारे छलफल गर्दै नियामक ढाँचामा तथ्यांकले कसरी परम्परागत दृष्टिकोणलाई रूपान्तरण गर्न सक्छ भन्ने बारेमा चर्चा हुनेछ।

सहयोग र भविष्यका प्रविधिहरू: खुला बीमा र रिपोर्टिङमा कृत्रिम बाैद्धिकताको भूमिका र भविष्यका प्रविधिका सम्भावित अनुप्रयोग जस्ता विषयमा पनि चर्चा हुनेछ।

फोरमले तथ्यांक- आधारित बीमा पर्यवेक्षणलाई प्रवर्द्धन गर्न कार्यान्वयन योग्य सिफारिसहरूको संकलन तयार गर्नेछ। यी सिफारिसहरूलाई अन्तर्राष्ट्रिय बीमा पर्यवेक्षकहरूको संघ, एक्सेस टु इन्क्लुसिभ इन्स्योरेन्स र माइक्रो इन्स्योरेन्स सहितका नेटवर्कलाइ वितरण गरिनेछ।

१९औँ परामर्शदाता फोरम संयुक्त रूपमा समावेशी बीमामा पहुँच पहल (एटुआइआइ) र अन्तर्राष्ट्रिय बीमा पर्यवेक्षकहरूको संघ (आइएआइएस) ले माइक्रोइन्स्योरेन्स नेटवर्कसँग साझेदारीमा आयोजना गरेको हो। यो नेपालमा समावेशी बीमा सम्मेलन २०२४ कै अंशका रूपमा हुनेछ। सम्मेलन नेपाल बीमा संघ, लाइफ इन्स्योरेन्स एसोसिएशन नेपाल, नेपाल माइक्रोइन्स्योरेन्स एसोसिएशन र नेपाल बीमा प्राधिकरणले म्युनिख रे फाउन्डेसन र माइक्रोइन्स्योरेन्स नेटवर्कको सहयोगमा आयोजना गर्दैछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS