IME Life New

साउदी अरबमा आप्रवासी कामदारको ज्याला क्षतिपूर्तिको बीमा योजना लागू

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साउदी अरबयाको मानव संसाधन र सामाजिक विकास मन्त्रालय र बीमा प्राधिकरणले आप्रवासी कामदारको ज्याला सुरक्षाका लागि बीमा योजना लागू गरेको छ। यो योजनाअन्तर्गत ६ महिनासम्मको भुक्तानी नगरिएको ज्यालाबापतको क्षतिपूर्ति बीमकले नै कामदारलाई दिनेछ।

विदेशी कामदार कार्यरत कम्पनी घाटामा गएको वा कुनै कारणले तलब भुक्तानी गर्न अवस्थामा पुगेमा बीमा कम्पनीले आप्रवासी कामदारलाई ६ महिनासम्मको ज्याला क्षतिपूर्तिबापत उपलब्ध गराउनेछ। नयाँ प्रावधानबाट नेपाली आप्रवासी कामदारसमेत लाभान्वित हुनेछन्।

Esewa
Crest

अन्तर्राष्ट्रिय सञ्चार र सहयोग महानिर्देशक अब्दुलरहमान अल–जैदलाई उद्घृत गर्दै अरब समाचारले लेखेको छ, ‘साउदी श्रम बजारमा प्रवासी श्रमिकको ज्याला बीमा योजना श्रमिक र रोजगारदाता दुवैलाई संरक्षण प्रदान गर्न मन्त्रालयको जारी प्रयासको एक हिस्सा हो।’

यस सेवाले बीमालेखमा उल्लिखित विशेष फाइदाहरु समेट्छ। जसले गर्दा दिवालिया घोषित कम्पनीहरुमा रहेका विदेशी कामदारलाई बीमालेखको वित्तीय सीमाभित्रै– उनीहरुको हक प्राप्त गर्न अनुमति दिइन्छ र यदि उनीहरुले चाहन्छन् भने स्वदेश फर्किनका लागि हवाई टिकटसमेत उपलब्ध गराउनेछन्।

नयाँ बीमा योजनाअनुसार प्रवासी कामदारले अधिकतम १७ हजार ५०० साउदी रियाल क्षतिपूर्ति प्राप्त गर्नेछन् । कुनै पनि रोजगारदाता जसले आफ्ना कम्तीमा ८० प्रतिशत कामदारको ज्याला भुक्तानी गर्न नसक्ने अवस्थामा पुग्छ, त्यस्तो अवस्थामा कामदारले बीमामार्फत क्षतिपूर्ति दाबी गर्न सक्नेछन्। आफ्नो देश फर्किन चाहने प्रभावित कामदारलाई १ हजार साउदी रियालसम्मको कभरका साथ हवाई यात्राको टिकट प्रदान गरिनेछ।

बीमालेखका लागि आवेदन दिन चाहने निजी क्षेत्रका कर्मचारीले क्षतिपूर्ति दाबीहरु सम्हाल्न जिम्मेवार तोकिएको बीमा कम्पनीमार्फत दाबी पेस गर्न सक्छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS