IME Life New

असोजभित्र साधारणसभा सम्पन्न गर्न सफल भयो कामना सेवा, १२% लाभांश पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकले असोज मसान्तभित्रै आफ्नो १८ औँ वार्षिक साधारणसभा सम्पन्न गर्न सफल भएको छ।

बैंकले गत आर्थिक वर्ष २०८०।८१ को वार्षिक साधारणसभा सम्पन्न गरेको हो। सभा काठमाडौंको नक्साल भगवती बाहालस्थित लिसारा रिसेप्सनमा आज बिहान सम्पन्न भएको हो।

Esewa
Crest

सभाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल १२ प्रतिशत लाभांश अनुमोदन गरेको छ। जसमा ७ प्रतिशत बोनस शेयर र करसहित ५ प्रतिशत नगद लाभांश छन्।

सभाले सञ्चालक समितिबाट प्रस्तावित १०० रुपैयाँ दरको कुल ३५ करोड रुपैयाँबराबरको ९ प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको वर्षमात्र मुनाफा वितरण हुने अविमोच्य असञ्चिति अग्राधिकार शेयर सम्बन्धित नियमनकारी निकायको स्वीकृतिपश्चात जारी गरी प्राथमिक पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेको छ।

सभाले बोनस शेयर र अग्राधिकार शेयर जारीपछि जारी र चुक्ता पुँजी वृद्धि गर्न बैंकको प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने तथा नियमावलीमा रहेको विद्यमान व्यवस्थामा संशोधन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गरेको छ।

प्रबन्धपत्र र नियमावलीमा संशोधन, अग्राधिकार शेयर जारी, दर्ता तथा सूचीकरण गर्नेलगायतका कार्य स्वीकृतिका क्रममा नियमनकारी निकायहरुबाट प्राप्त निर्देशन आवश्यकताअनुसार थपघट, परिमार्जन, भाषागतलगायत अन्य सुधारका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव सभाले पारित गरेको छ।

सभाले आर्थिक वर्ष २०८०।८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणा गर्ने प्रस्ताव पारित गरेको छ।सभाले सञ्चालक (सर्वसाधारण समूह)को नियुक्ति अनुमोदन गरेको छ।

लाभांश वितरण र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले असोज १५ गते बुक क्लोज गरेको थियो। यसको अर्थ असोज १५ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन योग्य भएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS