IME Life New

विप्रेषण कम्पनीको सबएजेन्ट नियुक्तिमा ल्याइयो नयाँ प्रावधान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विप्रेषण (रेमिट्यान्स) कम्पनीले नियुक्त गर्ने सबएजेन्ट वा सबरिप्रिजेन्टेटिभमा थप व्यवस्था ल्याइएको छ।

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने इजाजतपत्र प्राप्त निकायका लागि जारी एकीकृत परिपत्र २०८० मा संशोधन गर्दै थप व्यवस्था ल्याएको हो।

Esewa
Crest

नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९ बमोजिम इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीले बाहेक अन्यले सबएजेन्ट वा सबरिप्रिजेन्टेटिभ नियुक्त गर्न नसक्ने प्रावधान रहेको छ। इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीले सबएजेन्ट वा सबरिप्रिजेन्टेटिभ नियुक्त गर्दा देहायबमोजिमका व्यवस्थाहरुसमेत पालना गर्नुपर्ने व्यवस्था थप गरिएको छः
नेपाल राष्ट्र बैंक विप्रेषण विनिमयमावली, २०७९ को विनियम ३५(१) को व्यवस्था बाहेक इजाजतपत्रप्राप्त विप्रेषण कम्पनी र सब–एजेन्ट वा सबरिप्रिजेन्टेटिभबीचमा अन्य तह वा संरचना बनाउन पाइने छैन।

इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीले नियुक्त गरेको सबएजेन्ट वा सबरिप्रिजेन्टेटिभले अन्य सबएजेन्ट वा सबरिप्रिजेन्टेटीभ नियुक्त गर्न नसक्ने गरी विप्रेषण कारोबार गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS