IME Life New

दुई बैंकले ऋणपत्र ल्याउँदै, धितोपत्र बोर्डसँग मागे अनुमति, लगानीकर्तालाई ब्याज कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुईवटा बैंकले ऋणपत्र जारी गर्न प्रक्रिया अगाडि बढाएका छन्।

एनआईसी एसिया बैंक र शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ऋणपत्र जारी गर्ने प्रक्रिया अगाडि बढाएका हुन्। यी दुवै बैंकले ऋणपत्र जारीको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन्।

Esewa
Crest

एनआईसी एसिया बैंकले ‘एनआईसी एसिया डिबेन्चर–२०९१’ नामक ऋणपत्र ल्याउन लागेको हो। धितोपत्र बोर्डले अनुमति दिएमा बैंकले ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्नेछ। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र बिक्री खुला गर्नेछ।

एनआईसी एसियाले कुल इकाइमध्ये ३० लाख इकाइ व्यक्तिगत तबरबाट बाँकी २० लाख इकाइ सर्वसाधारणलाई बिक्री गर्नेछ। एनआईसी एसिया बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

एनआईसीको यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज पाउनेछन्।

यसैगरी शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ‘शाइन रेसुंगा डिबेन्चर’ नामक ऋणपत्र ल्याउन लागेको हो। धितोपत्र बोर्डले अनुमति दिएमा बैंकले १ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्नेछ। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख इकाइ ऋणपत्र बिक्री खुला गर्नेछ।

शाइन रेसुंगाले कुल इकाइमध्ये ६ लाख इकाइ व्यक्तिगत तबरबाट बाँकी ४ लाख इकाइ सर्वसाधारणलाई बिक्री गर्नेछ। एनआईसी एसिया बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।

शाइन रेसुंगाको यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज पाउनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS