IME Life New

चालु खाता बचतमा, शोधनान्तर स्थिति कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौैं । मुलुकको चालु खाता करिब ५० अर्ब रुपैयाँले बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दुई महिना भदौसम्मको तथ्यांकले यस्तो देखाएको हो।

तथ्यांकअनुसार समीक्षा अवधिमा चालु खाता रु.४९ अर्ब ६९ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.२३ अर्ब ९७ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १८ करोड १३ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ३७ करोड १ लाखले बचतमा रहेको छ।

Esewa
Crest

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु. १ खर्ब १ अर्ब ७७ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.५५ अर्ब १० करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४१ करोड ७० लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७५ करोड ७९ लाखले बचतमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS