IME Life New

क्यानडामा स्थायी बसोबास गर्न चाहने विदेशीलाई ‘एक्सप्रेस इन्ट्री’मार्फत आवेदन खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। क्यानडामा बसोबास गर्न चाहने विदेशीका लागि जस्टिन ट्रुडोको सरकारको शासनकालमा सुनौलो अवसर आएको छ। अध्यागमन, शरणार्थी र नागरिकता क्यानाडा विभाग (आईआरसीसी)ले विदेशीलाई एक्सप्रेस इन्ट्री प्रणालीअन्तर्गत स्थायी बसोबासका लागि आवेदन दिन आह्वान गरेको हो।

गत अक्टोबर १० बाट आवेदन खुला गरिएको थियो। फेडरल स्किल्ड वर्कर प्रोग्राम, क्यानेडियन एक्सपेरियन्स क्लास र फेडरल स्किल्ड ट्रेड प्रोग्राममा आवेदन दिन सकिने व्यवस्था गरिएको छ। फाइनान्सियल टाइम्सको रिपोर्टअनुसार यसपालि १ हजारजनाले क्यानडामा स्थायी बासोबासका लागि अवसर पाउनेछन्।

Esewa
Crest

सबैभन्दा तल्लो श्रेणीका उम्मेदवारको सीआरएस स्कोर ४४४ थियो। यो आवेदन फ्रान्सेली भाषामा प्रवीणताको अधीनमा जारी गरिएको छ। एक्सप्रेस इन्ट्रीकालागि योग्य हुन आवेदकहरुले स्वीकृत भाषा परीक्षा दिएर उनीहरुको कार्यक्रमका लागि आवश्यक न्यूनतम नतिजा प्राप्त गर्नुपर्छ। आफ्नो प्रोफाइल इन्ट्री पूरा गर्दा अंग्रेजी वा फ्रान्सेली भाषा क्षमता प्रमाणित गर्नुपर्नेछ।

आईईआरसीसीले आवेदकहरुको अंग्रेजी वा फ्रेन्चको स्तर मापन गर्न सीएलबी र एनसीएलसी बेन्चमार्क प्रयोग गर्दछ। क्यानाडा सरकारले एक्सप्रेस इन्ट्री प्रणाली प्रयोग गर्ने उम्मेदवारहरुका लागि प्रत्येक दुई हप्तामा छनोट कार्यक्रम आयोजना गर्नेछ। प्रान्तीय मनोनीत कार्यक्रम (पीएनपी) को सबैभन्दा भर्खरको छनोट प्रक्रिया अक्टोबर ७ मा भएको थियो। त्यसबेला १ हजार ६१३ जना यसबाट लाभान्वित भएका थिए।

क्यानाडामा बस्न आउन चाहने अन्य देशका नागरिकले पीएनपीमार्फत क्यानाडाको स्थायी बासिन्दा स्थितिका लागि आवेदन दिन सक्छन्। यसले उनीहरुलाई निश्चित प्रान्त वा क्षेत्रमा बस्न, काम गर्न र बस्न अनुमति दिन्छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

30%
happy

खुसी

10%
sad

दु :खी

20%
amazed

अचम्मित

30%
excited

उत्साहित

10%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS