IME Life New

बंगलादेशको सोनाली लाइफमा साढे ३ अर्ब रूपैयाँभन्दा बढी घोटालाको खुलासा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बंगलादेशको वित्तीय अनुसन्धान एजेन्सी (बिएफआइयु) को एक गहन अनुसन्धानले जीवन बीमक, सोनाली लाइफ इन्स्योरेन्स कम्पनीमा भ्रष्टाचार, ठगी र किर्तेमार्फत ३ अर्ब ५३ करोड रुपैयाँ हिनामिना भएको खुलासा गरेको छ। कम्पनीका विभिन्न बैंक खाता र नगद कोषबाट यो रकम स्थानान्तरण गरिएको अनुसन्धानका क्रममा पाइएको छ।

एजेन्सीले अनुसन्धानका आधारमा सञ्चालकहरूको मिलोमतोमा कम्पनीका ८ जना सञ्चालक, कार्यवाहक प्रमुख कार्यकारी अधिकृत र अन्य २ जना अधिकारी यस भ्रष्टाचारमा प्रत्यक्ष संलग्न रहेको बिएफआइयुको दाबी छ।

Esewa
Crest

कम्पनीको सञ्चालक मध्येका मुस्तफा गुलाम कुद्दुसले मात्र १ अर्ब ८३ करोड ६८ लाख रुपैयाँ अवैध रूपमा झिकेका छन्। यो रकम उनले भवन बिक्रीको नाममा, आफ्ना कम्पनीहरूमा लगानी गरेर र नगदै झिकेर हिनामिना गरेका हुन्।

यसबाहेक ग्यालेक्सी हलिडेज, क्राउन मनी चेन्जरजस्ता कम्पनीमार्फत ठूलो रकम विदेश पठाइएको पाइएको छ। कम्पनीको पैसाबाट सञ्चालकहरूले आफ्नो नाममा सेयर खरिद गरेका छन्। कम्पनीको नगदी खाताबाट ठूलो रकम निकालिएको छ र त्यसको लेखापरीक्षण नभएको अनुसन्धानका क्रममा खुलेको छ।

बंगलादेशी बीमा नियामकले यसअघि नै सोनाली लाइफमा अनियमितता भएको भन्ने सूचना पाएपछि नियामकले लेखा परीक्षण गराएको थियो। तर, अनुसन्धान एजेन्सीको प्रतिवेदनले यसअघिको अनुसन्धानलाई थप गम्भीर बनाएको छ। सोनाली लाइफका सञ्चालकलाई हटाउने र नयाँ सञ्चालक समिति गठन गर्ने प्रक्रियामा अर्थ मन्त्रालयले पनि भूमिका खेलेको छ।

एजेन्सीले सोनाली लाइफका विभिन्न दस्तावेज, बैंक खाता विवरण, र कर्मचारीका बयानहरूको आधारमा यो प्रतिवेदन तयार पारेको हो। यस भ्रष्टाचारले बंगलादेशको बीमा क्षेत्रमा संस्थागत सुशासनको सम्बन्धमा गम्भीर प्रश्न खडा गरेको छ।

इन्स्योरेन्स न्युज बंगलादेशका अनुसार दोषीलाई कानूनी कारवाही गर्नका एजेन्सीले बीमा नियामकलाई पत्राचार गरिसकेको छ। एजेन्सीको यो प्रतिवेदनपछि बंगलादेशको बीमा क्षेत्रमा ठूलो हलचल मच्चिएको छ। सरकारले यस विषयमा कस्तो कारवाही गर्छ भन्ने सबैको चासोको विषय बनेको छ। दोषीलाई कडा कारवाही गर्ने र हिनामिना भएको रकम असुल गर्ने दिशामा सरकारले कदम चाल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS