IME Life New

३४ हजार फिटको उचाइमा पाइलटको मृत्यु, विमान न्युयोर्कमा आपतकालीन अवतरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाको सियाटलबाट टर्कीको इस्तानबुलका लागि उडेको विमानका पाइलटको आकाशमै मृत्यु भएको छ। पाइलटको मृत्यु हुँदा विमान ३४ हजार फिटको उचाइमा थियो। यो विमान टर्किस एयरलाइन्सको थियो।

पाइलटको मृत्युले टर्कीको राष्ट्रिय एयरलाइन्सलाई न्युयोर्कमा आपतकालीन अवतरण गर्न बाध्य तुल्यायो। टर्की एयरलाइन्सले बुधबार यो जानकारी दिएको हो।

Esewa
Crest

एयरलाइन्सका प्रवक्ता याह्या उस्तुनले ट्विटरमा लेखेका छन्, ‘विमान मंगलबार साँझ पश्चिमी अमेरिकी तटीय सहर सिएटलबाट उडेको थियो। हाम्रो एयरबस ३५० उडान टीके२०४ का एक पाइलट सिएटलबाट इस्तानबुल उडानका क्रममा बेहोस भए। प्राथमिक उपचारको प्रयास असफल भएपछि दोस्रो पाइलट र को–पाइलटको विमान चालक दलले आकस्मिक अवतरण गर्ने निर्णय गरे पनि अवतरणअघि नै उनको मृत्यु भयो।’

मृतक पाइलट ५९ वर्षका थिए। उनी सन् २००७ देखि टर्किस एयरलाइन्समा काम गर्दै आएका थिए। ‘उनले मार्चमा मेडिकल जाँच पास गरे। जसमा कुनै पनि स्वास्थ्य समस्याको कुनै लक्षण देखा परेको थिएन’, उस्तुनले लेखेका छन्।

यो पूरै घटनामा विमानमा रहेका यात्रुलाई कुनै हानी भने भएको छैन। आकस्मिक अवतरणपछि विमानलाई दोस्रो पाइलटको सहयोगमा इस्तानबुलका लागि उडाइएको थियो। यो अवधिमा न्युयोर्क एयरपोर्टमा उडान घन्टौँ कुर्नुपर्ने भएको थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS