काठमाडौं । ग्राहकको सुविधाका लागि दसैँ बिदाका दिनहरुमा पनि हिमालयन र प्राइम कमर्सियल बैंकले आफ्ना केही शाखाहरु खुला राख्ने भएका छन्।
दसैँको टीकाका दिन (असोज २६ गते)बाहेक असोज २४ गते फूलपाती, असोज २५ गते महाअष्टमी÷नवमी, असोज २७ गते एकादशी र असोज २८ गते द्वादशीका दिन देशका विभिन्न स्थानमा हिमालयन र प्राइम दुवै बैंकले आफ्ना शाखाहरु खुला राख्ने भएका हुन्।
सीमित बैंकिङ कारोबारका लागि शाखाहरु खुला रहने दुवै बैंकले जनाएका छन्। दसैँ बिदामा खुल्ने शाखाहरुबाट रकम जम्मा, चेक भुक्तानी र रेमिट्यान्स भुक्तानी हिमालयन बैंकले जनाएको छ।