IME Life New

युवाका लागि बीमा क्षेत्रमा प्रेरणा र मार्गदर्शन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जोसिलो र हसिलो युवा आर्यन खान बीमा क्षेत्रमा सफल व्यक्तिका रुपमा उभिएका छन्। कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटाका ३२ वर्षीय आर्यन हाल प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका उत्कृष्ट अभिकर्ता मानिन्छन्। उनले बीमा क्षेत्रमा आफ्नो यात्रामा उल्लेखनीय सफलता हासिल गरेका छन्।

आर्यनको बीमा क्षेत्रको यात्रा ६ वर्षअघि सुरु भएको थियो। प्रभु महालक्ष्मीमा भने विगत ३ वर्षदेखि अभिकर्ताका रुपमा कार्यरत छन्। उनले बीमा उद्योगका विभिन्न चुनौतीको सामना गर्दै आफ्नो क्षमतामा सुधार गर्दै आएका छन्।

Esewa
Crest

विगत ३ वर्षदेखि लगातार आर्यन एमडीआरटी सदस्य बनेका छन्। चाँडै यस वर्षको सीओटी सदस्य बन्ने उनको लक्ष्य छ। जसले आफ्नो व्यावसायिक विकासमा थप अवसर खोल्ने उनको विश्वा छ।

हालसम्म आर्यनले ६०० को हाराहारीमा बीमा गराएका छन्। प्रभु महालक्ष्मी लाइफका २६ हजार अभिकर्तामध्ये आर्यन लुम्बिनी प्रदेशमा पहिलो र नेपालभर दोस्रो स्थानमा रहेका छन्। ‘यो मेरो मेहनत र ग्राहकको विश्वास र भरोसाको फल हो’, आर्यन भन्छन्, ‘म सधैँ नयाँ चुनौतीको सामना गर्न र थप सुधार गर्न तत्पर छु।’

बीमा क्षेत्रलाई कसरी अझ व्यापक रुपमा अगाडि बढाउन सकिन्छ र प्रत्येक नेपालीलाई आफ्नो आर्थिक अवस्थाअनुसार कसरी जोड्न सकिन्छ भन्नेबारे अनुसन्धान गर्नु र आफ्नो प्रधान कार्यालयमा म्यानेजमेन्ट टिमसँग बसेर आर्यनले धेरैपटक छलफल गरेका छन्।

सन् २०२४ मा दुबईमा भएको एमडीआरटी ग्लोबल कन्फ्रेन्समा आर्यनले नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएका थिए। यो अन्तर्राष्ट्रिय सम्मेलनमा उनले नेपालको बीमा क्षेत्रको विशेषताहरु प्रस्तुत गर्दै अन्य देशका बीमा पेसेवरसँग अनुभव र विचार आदानप्रदान गर्ने अवसर पाएका थिए।

आर्यन केवल व्यावसायिक क्षेत्रमै सीमित छैनन्। उनले ‘सेवा नै धर्म हो’ भन्ने धारणा अँगाल्दै समाजका लागि योगदान गर्नका लागि विभिन्न पहल गरेका छन्। उनले कपिलवस्तुका ५० जनालाई निःशुल्क बीमा सेवा प्रदान गरेका छन्। यो कार्यक्रम नगरपालिकासँगको समन्वयमा सम्पन्न भएको थियो। जसले गरिब र शोषित वर्गका लागि बीमाको महत्वलाई उजागर गरेको छ। ‘म बीमा क्षेत्रका माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन चाहन्छु र हरेक नेपालीलाई आर्थिक रुपमा बलियो बनाएर परिवारको भविष्यलाई उज्जवल बनाउन सहयोग गर्नेछु’, उनले भने, ‘युवालाई बीमा क्षेत्रमा आकर्षित गर्ने विभिन्न तालिम र कार्यशाला आयोजना गर्ने योजना बनाएका छन्। हाम्रो देशमा बीमा क्षेत्रको महत्व अझै बढी बुझ्नुपर्छ, विगतमा प्राकृतिक प्रकोप भूकम्प आउँदा पनि बीमा नभएकाले धेरै नेपालीहरुले आर्थिक अभावका कारण धेरै चुनौतीहरुको सामना गर्नु परेको थियो। त्यसैले म युवालाई जगरुक गर्न र उनीहरुलाई यो क्षेत्रतर्फ आकर्षित गर्न चाहन्छु।’

हरेक व्यक्ति सामान्य मजदुरदेखि लिएर व्यापारी तथा कम्पनीका सीईओहरुसमेतलाई नेपालमा मात्रै नभई अन्तर्राष्ट्रियस्तरमै पुगेर अध्ययन गरी उनीहरुको आर्थिक हैसियत र आवश्यकतानुसार जीवन बीमाको सुविधा दिएका छन्। नेपालमा मात्र नभई कतार, दुबई, जापान, अमेरिका, मलेसियालगायतका देशमा समेत उनले बीमाको काम गरिरहेका छन्।

कपिलवस्तुको चन्द्रौटामा आइएमई सेन्टर, टुर एन्ड ट्राभल्ससमेत सञ्चालन गरी आर्यनले १० जनालाई रोजगारीसमेत दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS