IME Life New

प्रभु बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंकले बाढी पहिरो पिडितका लागि नेपाल सरकार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ । यही असोज दोस्रो हप्तामा देशका विभिन्न भू—भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट उत्पन्न विनाशकारी विपदले राष्ट्रलाई ठूलो जनधनको क्षति पुर्याएको परिप्रेक्षमा राष्ट्रिय विपदको यस दुःखद घडीमा पीडित एवम् प्रभावित परिवारका लागि सहायता स्वरुप एवम् नेपाल सरकारलाई पिडीतहरुको खोजतलास, उद्धार र राहतकार्यमा सहयोग पुगोस् भन्ने उद्धेश्यले प्रभु समुह अन्तर्गतका प्रभु बैंक लिमिटेड, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड, प्रभु क्यापिटल लिमिटेड र प्रभु इन्स्योरेन्स लिमिटेडका तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै एक कार्यक्रमका बीच प्रभु समुहका अध्यक्ष देवी प्रकाश भट्टचनले नेपाल सरकार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सम्माननिय प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई एक करोड ७५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

प्रभु समुह अन्तर्गतका उल्लेखित संस्थाहरुबाट प्रदान गरिएको उक्त सहयोगले बाढीपहिरो तथा डुबानबाट पिडितहरुको स्वास्थ्य उपचार तथा उद्धार कार्यमा सहायता पुग्ने अपेक्षा यस समुहले गरेको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS