IME Life New

एलआईसीले बैंक अफ महाराष्ट्रमा बढायो हिस्सेदारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको सरकारी बीमा कम्पनी भारतीय जीवन बीमा निगम (एलआईसी)ले बैंक अफ महाराष्ट्रमा आफ्नो हिस्सेदारी बढाएको छ।

एलआईसीले बैंक अफ महाराष्ट्रमा ४.०५ प्रतिशतले हिस्सेदारी बढाएको हो। योसँगै बैंक अफ महाराष्ट्रमा एलआईसीको हिस्सेदारी ७.१० प्रतिशत पुगेको छ।

Esewa
Crest

शेयर बजारलाई दिइएको जानकारीअनुसार पुणेस्थित यो सरकारी बैंकमा एलआईसीले क्वालिफाइड इन्स्टिट्युसनल प्लेसमेन्ट (क्यूआईपी)का माध्यमबाट २५ करोड ९६ लाख कित्ता शेयर प्राप्त गरेको हो। एलआईसीले बैंक अफ महाराष्ट्रको शेयर औसत भारु ५७.३६ मा खरिद गरेको हो।

क्यूआईपीका माध्यमबाट बैंक अफ महाराष्ट्रले करिब भारु ३ हजार ५०० करोड जुटाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS