IME Life New

नेपालको पर्यटन प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय बीमा सम्मेलनको भिडियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समावेशी बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको प्रवर्द्धनका लागि नेपालको मनमोहक प्राकृतिक सुन्दरता समेटिएको श्रव्यदृश्यले  अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन प्रवर्द्धनमा योगदान गरिरहेको छ।

निर्जीवन बीमकको छाता संगठन नेपाल बीमक संघले तयार पारेको ४ मिनेट ५१ सेकेण्ड लामो श्रव्यदृश्यमा नेपालको हिमाल, पहाड र तराइको मनोरम प्राकृतिक दृश्य समेटिएको छ। श्रव्यदृश्यले नेपालको भाषा, संस्कृतीको विविधतालाई श्रव्यदृश्यका माध्यमबाट कैद गर्दै शान्ति दूत बुद्धको जन्मस्थल लुम्बिनी देखि जीवित देवीका रूपमा पूजिने कुमारीको रथ यात्राको दृश्य समेत समेटिएको छ।

Esewa
Crest

विश्वप्रसिद्ध पुनर्बीमक म्युनिख रिको म्युनिखरि फाउण्डेशनको आधिकारिक वेब पेजमार्फत समेत सार्वजनिक गरिएको यो श्रव्यदृश्य सामाग्रीले समावेशी बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन मात्र नभएर नेपालको पर्यटन प्रवर्द्धनमा समेत अप्रत्यक्ष योगदान दिने देखिएको छ।

नेपालले पहिलो पटक आयोजना गर्ने अवसर पाएको यो सम्मेलन कात्तिक ५ देखि ९ गतेसम्म होटल याक एण्ड यतीमा हुनेछ। सम्मेलनमा ५० भन्दा बढी मुलुकबाट २ सयभन्दा बढी प्रतिनिधि सहभागि हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS