IME Life New

बेलायतमा बढ्यो बीमा ठगीको ग्राफ, वर्ष दिनमै झन्डै रु. २ खर्बको ठगी उजागर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बेलायतमा गत वर्ष बीमा उद्योगबाट एक वर्षको अवधिमा १.१ अर्ब बेलायती पाउन्ड स्टर्लिङ (१ खर्ब ९३ करोड ९८ लाख नेपाली रुपैयाँ) बराबरको ठगी भएको छ। बेलायती बीमक संघ (एबीआई) ले बीमा ठगीविरुद्धको अभियानका क्रममा सन् २०२३ मा यति ठूलो परिमाणमा ठगीका घटना उजागर भएको जानकारी दिएको छ।

एबीआईले पछिल्ला वर्षहरुमा ठगीविरुद्धको अनुसन्धानलाई प्राथमिकतामा राखिएको भए पनि ठगीको संख्या र रकम दुवै बढेको छ। सन् २०२२ को तुलनामा सन् २०२३ मा ठगिएको रकम ४ प्रतिशतले वृद्धि भएको छ।

Esewa
Crest

बीमकले सन् २०२३ मा ८४ हजार ४०० वटा फर्जी बीमा दाबी पहिचान गरेका थिए। यो संख्या अघिल्लो वर्षभन्दा ११ हजार ८०० बढी हो। ठगीका घटनाको संख्या र रकमका आधारमा औसत ठगी रकम १३ हजार पाउन्ड स्टर्लिङ (२२ लाख ९२ हजार रुपैयाँ) बराबर थियो।

पहिलोपटक एबीआईले व्यापारिक प्रगति तथ्यांकमा बीमा ठगी र फर्जी दाबीको विवरणसमेत समावेश गरेको छ। अतिरञ्जित हानि, वास्तविकता क्षतिभन्दा अधिक रकम दाबी, नक्कली बीमालेख बिक्रीलगायतका ठगीको घटना उजागर भएका हुन्।

एबीआई डट ओआरजीका अनुसार मोटर बीमा क्षेत्र हो, जहाँ बीमकले सर्वाधिक जालसाजी दाबी सामना गर्नुपर्छ। मोटर बीमामा ४५ हजार ८०० बीमा दाबी फर्जी थिए। यी दाबीको संख्याले वर्षभर गरिएका फर्जी दाबीको ५४ प्रतिशत हिस्सा ओटगेको छ। नक्कली सम्पत्ति बीमा दाबीअन्तर्गत कुल फर्जी दाबीको १६ प्रतिशत हिस्सा ओगटेको छ।

यसका साथसाथै बीमकले अनुमानित ५ लाख ८३ हजार वटा फर्जी दाबी निवेदन अस्वीकृत गरेका छन्। यो संख्या सन् २०२२ को तुलनामा १७ प्रतिशत बढेको छ। महत्वपूर्ण जानकारीलाई उद्देश्य पूर्ण रुपमा गलत रुपमा प्रस्तुत गरिएको वा वित्तीय लाभका लागि लुकाइएको अवस्थालाई ठगी भनेर चित्रित गरिएको छ।

एबीआई डट ओआरजीका अनुसार व्यापारिक बीमा ठगी नियन्त्रण गर्न दुई साता लामो प्रहरी अभियानमा देशभरबाट १० जना पक्राउ परेका छन्। सुरक्षाकर्मीले १८ वटा सवारीसाधन नियन्त्रणमा लिएका छन्। मोटर र व्यवसाय परिसर बीमामा झुटो दाबी गर्ने व्यक्ति, व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने सवारीसाधनको नक्कली मोटर बीमालेख बेच्ने नक्कली बीमा दलाल र कर्मचारीलाई संगठित रुपमा ठगी दाबी गर्नेलाई प्रहरीले निसाना बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS