IME Life New

रातारात विश्वका धनाढ्यको सूची ठूलो फेरबदल, को कुन स्थानमा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इरान र इजरायलबीच बढ्दो तनावका कारण बिहीबार विश्वभरका शेयर बजार ओरालो लागेको छ। जसका कारण विश्वका धनाढ्यको सूचीमा ठूलो फेरबदल भएको छ।

शीर्ष २० मा केवल तीन धनाढ्य व्यक्तिको कुल सम्पत्ति बढेको छ। यसमा फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्मका सीईओ मार्क जुकरबर्ग, एनभिडियाका सीईओ जेन्सेन हुआङ र डेल कर्पोरेसनका माइकल डेल सामेल छन्। यो वृद्धिसँगै जुकरबर्ग विश्वका धनीव्यक्तिको सूचीमा दोस्रो स्थानमा पुगेका छन्।

Esewa
Crest

बिहीबार जुकरबर्गको कुल सम्पत्ति ३ अर्ब ४३ करोड डलरले बढेको छ र उनी २०६ अर्ब डलरसहित विश्वका धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा पुगेका छन्। यस वर्ष उनको कुल सम्पत्ति सबैभन्दा बढी ७८.१ अर्ब डलरले बढेको छ।

एलन मस्क २५६ अर्ब डलरको कुल सम्पत्तिका साथ पहिलो नम्बरमा छन्। जेफ बेजोस २०५ अर्ब डलरको सम्पत्तिसहित तेस्रो स्थानमा झरेका छन् भने फ्रान्सका व्यापारी बर्नार्ड अर्नाल्ट १९३ अर्ब डलरसहित चौथो स्थानमा छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS