IME Life New

नेपालको आर्थिक वृद्धिदर ५.१% रहने विश्व बैंकको प्रक्षेपण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्ष २०८१।८२ मा नेपालको आर्थिक वृदिदर ५.१ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ।

विश्व बैंकले आज नेपाल डेभलपमेन्ट अपडेट प्रतिवेदनका अनुसार पर्यटक आगमनमा सुधार तथा जलविद्युत् र धान उत्पादनमा वृद्धिले उक्त आर्थिक वृद्धिदर नेपालले हासिल गर्ने सम्भावना छ। सरकारले भने चालु आर्थिक वर्षका लागि ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ।

Esewa
Crest

विश्व बैंकले गत आर्थिक वर्ष २०८०।८१ (सन् २०२४) मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । प्रतिवेदनमा आगामी आर्थिक वर्ष २०८२।८३ मा भने आर्थिक वृद्धिदर ५.५ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण गरिएको छ।

प्रतिवेदनका अनुसार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको लचिलो मौद्रिक नीति र नियामकीय प्रावधानमा गरिएको सहजीकरणले नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहनेछ।

प्रतिवेदनमा वित्तीय प्रणालीमा उच्च जोखिमसहित निजी क्षेत्रको कर्जा वृद्धिलाई सीमित गर्ने निष्क्रिय कर्जा, लगानी नै प्रभावित हुन सक्ने गरी सम्भावित नीतिको अनिरन्तरता, पूर्वाधार विकासलाई असर गर्ने पुँजीगत खर्चको कार्यान्वयनमा हुन सक्ने ढिलाइ, क्षेत्रीय अस्थिरता र व्यापार अवरोध जसले पर्यटन र आन्तरिक माग कम गर्न सक्नेजस्ता जोखिम औँल्याइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS