IME Life New

फरवार्ड माइक्रोफाइनान्सको लाभांश घोषणा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ।

संस्थाको सञ्चालक समितिको मंगलबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापुँजी १ अर्ब ५ करोड ५५ लाख ६३ हजार ७३३.५० रुपैयाँको कुल १४ प्रतिशतले हुन आउने १४ करोड ७७ लाख ७८ हजार ९२२.६९ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Crest

प्रस्तावित लाभांशमा १३.३० प्रतिशत हुन आउने १४ करोड ३ लाख ८९ हजार ९७६.५६ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.७० प्रतिशतले हुन आउने ७३ लाख ८८ हजार ९४६.१३ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS