IME Life New

बाढी पहिरोमा ज्यान गुमाउनेको संख्या १९२ पुग्यो, प्रमुख राजमार्गहरू अझै अवरूद्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत साताको अन्तिम दुई दिनमा भएको अबिरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी आइतबार रातिसम्म एक सय ९२ को मृत्यु भएको पुष्टी भएको छ । अन्य ३० जना बेपत्ता भएका छन् ।

प्राकृतिक विपदमा परेर एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयले जानकारी दिएको छ। बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको मन्त्रालयले जनाएको छ।

Esewa
Crest

पृथ्वी राजमार्गको काठमाडौं प्रवेश गर्ने नाका धादिङको झ्याप्ले खोलामा पहिरोमा पुरिएका यात्रुहरूको उद्धारमा सरकारी संयन्त्र चुक्दा ज्यान गुमाउनेको संख्या बढेको छ। पहिरोमा यात्रु बाहक बस पुरिएको ४८ घण्टासम्म पनि उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी बेखबर रहनु उदेक लाग्दो बन्यो । यहाँको पहिरोमा पुरिएर ज्यान गुमाएकामध्ये ३५ जनाको शव फेला परेको छ। शनिबार साँझ १४ वटा शव निकालिएको थियो । नारायणघाटबाट आएको ना २ ख १३४५ नम्बरको माइक्रो बस र लु ४ ख २२७० नम्बरको बसबाट थप २१ जनाको  शव आइतबार निकालिएको हो । दुर्घटनास्थल नागढुङ्गाबाट जम्मा २ किलोमिटरको दूरीमा छ।

प्रत्यक्षदर्शीका अनुसार धादिङ र काठमाडाैं जिल्लाको सीमानामा पर्ने यो ठाउँमा उद्धार कार्यमा कुन जिल्लाबाट खटिनेमा नै सुरक्षाकर्मीहरू अलमलमा थिए । उद्धारका लागि घटनास्थल पुगेको एक्साभेटरमा इन्धन सकिए पछि उद्धार कार्य झनै ढिलो शुरू भएको थियो । सुरक्षाकर्मीले पहिरो पन्छाए पछि सोमबार बिहान ३ बजेदेखि काठमाडाैं प्रवेश गर्ने लामो दूरीका सवारी साधन सञ्चालन गर्न दिइएको छ।

यसैबीच विपि राजमार्गमा पहिरो गएको ठाउँमा डाइभर्सन निर्माण गरेर यातायात पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। काठमाडाैं जोड्ने पृथ्वीराजमार्गको नागढुङ्गा र झ्याप्ले खोला क्षेत्रमा पहिरोका कारण अझैसम्म दुईतर्फी यातायात पुनः शुरू हुन सकेको छैन । आपतकालीन अवस्थाका लागि काठमाडाैं प्रवेश गर्ने सवारी साधनहरूलाई नागढुङ्गा कलंकी जोड्ने निर्माणाधीन सुरूङ मार्ग खुल्ला गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS