IME Life New

लघुवित्त कर्मचारी मञ्च बाँके गठन, अध्यक्षमा शाह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बाँकेमा रहेका नेपाल राष्ट्र बैंकबाट ‘घ’ बर्ग को इजाजत प्राप्त लघुवित्त वित्तीय सस्थाहरुले लघुवित्त कर्मचारी मञ्च बाँके गठन गरेका छन । जिल्लामा रहेका करिब ३० वटा लघुबित्त वित्तीय सस्थाहरुको बैठक बसेर हाल लघुवित्त क्षेमा देखिएको वित्तीय अराजकता विरुद्व एकजुट भएर लाग्न, कर्मचारीहरुको हक हितको सुरक्षा तथा ग्राहक सदस्यहरुमा वित्तीय साक्षरता, तालिम, अन्तरक्रिया गर्ने उद्देश्यले १५ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

लघुबित्त संघर्ष समितिको नाममा विगत २,३ बर्ष देखि वित्तीय अस्थिरता निम्त्याउने, सदस्यहरुलाई भ्रममा पारी विभिन्न शुल्क उठाई व्यक्तिगत स्वार्थ पुरा गर्ने जस्ता क्रियाकलापहरु भइरहेको हुँदा यसले वित्तीय क्षेत्रमा असर पुर्याउनुका साथै सदस्यहरु कै सामाजिक तथा आर्थिक अवस्था झन कमजोर बन्ने र वित्तीय रेकर्ड समेत विग्रिने हुँदा जनचेतना फैलाउन र सामुहिक रुपमा वित्तीय क्षेत्रको स्थायित्वको लागि मञ्ज गठन भएको गठित समितिका अध्यक्ष मेरो माईक्रोफाईनान्स लघुवित्त वित्तीय संस्थाका शाखा प्रवन्धक प्रशान्त शाहले बताए ।

Esewa
Crest

महिला सशक्तीकरण तथा सामुदायिक विकासमा समेत लघुवित्त वित्तीय संस्थाहरुले अतुलनिय भुमिका खेलेको तथ्यलाई नकार्न नसकिने शाहले बताए ।

सो गठित मञ्चको बरिष्ठ उपाध्यक्षमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाबाट प्रभात कुमार शाह, उपाध्यक्षमा लक्ष्मी लघुवित्त वित्तीय संस्थाबाट अञ्जु पंगेनी र शेषनाथ कुसुवा सहित १५ सदस्यीय समिति गठन भएको हो । कार्य उप समिति कोहलपुर, नेपालगन्ज र फत्तेपुर समेत गठन गरी बरिष्ठ सल्लाहकारमा मातृभुमि लघुबित्त वित्तीय संस्था बाके जिल्लाका अनुगमन अधिकृत प्रेम बहादुर थापा रहेका छन् ।

पछिल्लो समयमा संघर्ष समितिको नाममा कर्मचारिहरुलाइ अनावश्यक दुख दिने, कर्मचारिलाइ कुटपिट गर्ने कार्यालयमा गई बित्तीय संस्थाका कागजपत्र जलाउने तथा अराजकता गतिविधि बढ्दै गईरहेको विषयमा ब्यापक छलफल गरिएको थियो ।

लघुवित्त संस्थाहरूले विगत लामो समयदेखि नेपालका दुर दराजका ग्रामीण क्षेत्रमा जनतालाई विना धितो कर्जा, बैङ्किङ सुविधा तथा सीपमूलक तालिम प्रदान गर्दै आएका छन् । यद्यपि यस क्षेत्रमा केहि समस्या पक्कै छन तीनको समाधानको लागि नियामक निकाय, सरकारले समेत चासो, चिन्ता र सुधारका कार्यहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

25%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS