IME Life New

आयात-निर्यात दुवै घट्यो, व्यापार घाटा रु. १.१६ खर्ब नाघ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुलुकको आयात–निर्यात दुवै घटेको छ भने व्यापार घाटा १ खर्ब १६ अर्ब रुपैयाँ नाघेको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिना साउनको तथ्यांकले यस्तो देखाएको हो। साउनमा कुल वस्तु आयातमा ०.६ प्रतिशतले कमी आई रु. १ खर्ब २८ अर्ब ३८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १.६ प्रतिशतले कमी आएको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ४.४ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२.० प्रतिशत र ०.४ प्रतिशतले वृद्घि भएको छ।

Esewa
Crest

समीक्षा अवधिमा कुल वस्तु निर्यात ९.६ प्रतिशतले घटी रु. १२ अर्ब २३ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ८.७ प्रतिशतले कमी आएको थियो। गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फ भएको निर्यातमा क्रमशः १०.६ प्रतिशत, ५९.८ प्रतिशत र ३.५ प्रतिशतले कमी आएको छ।

साउनमा कुल वस्तु व्यापार घाटा ०.४ प्रतिशतले वृद्धि भई रु. १ खर्ब १६ अर्ब १५ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ०.७ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.५ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.५ प्रतिशत रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS