IME Life New

एलआईसीको कीर्तिमान तोडिँदै, भारतको इतिहासमै सबैभन्दा ठूलो आईपीओ ल्याउँदै हुन्डाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अटो क्षेत्रको दिग्गज हुन्डाईको भारतीय युनिट हुन्डाई मोटर्स इन्डियाले हालसम्मकै सबैभन्दा ठूलो आईपीओ लन्च गर्ने भएको छ। अटो कम्पनीले सेबीमा मस्यौदा पेस गरेको थियो र अहिले बजार नियामकको स्वीकृति पाएको छ।

कम्पनीले आईपीओमार्फत भारतीय शेयर बजारबाट ३ अर्ब डलर (लगभग भारु २५ हजार करोड रुपैयाँ) रकम जुटाउने योजना बनाएको छ। यसअघि देशको सबैभन्दा ठूलो आईपीओ ल्याउने कीर्तिमान भारतीय जीवन बीमा निगम अर्थात् एलआईसीसँग थियो।

Esewa
Crest

एलआईसीले सन् २०२२ मा २.७ बिलियन डलर जुटाउन आईपीओ जारी गरेको थियो। तर, यो रेकर्ड अब तोडिने भएको छ। किनकि अटोमोबाइल क्षेत्रको दिग्गज हुन्डाई मोटर्सले आईपीओ ल्याउन लागेको छ। बजार नियामक सेबीले यसलाई ग्रीन सिग्नल दिएको छ। अब हुन्डाईको आईपीओ चाँडै खुला हुने भएको छ। आईपीओ अर्को महिना अक्टोबर २०२४ मा खुल्ने अनुमान गरिएको छ।

दक्षिण कोरियाली मूलको कम्पनीले पूर्ण स्वामित्वमा रहेको आफ्नो इकाइको अंश खुद्रा र अन्य लगानीकर्तालाई ‘अफर फर सेल’ मार्फत बेच्नेछ। अर्थात् हुन्डाई मोटर्सको आईपीओ पूर्ण रुपमा ओएफएस जारी हुनेछ। यसअन्तर्गत संस्थापकहरुले १० रुपैयाँ अंकित मूल्यमा १४.२ करोड शेयर बिक्री गर्नेछन्।

गाडीको बिक्रीका आधारमा हुन्डाई मोटर्स इन्डिया कम्पनी आर्थिक वर्ष २०२४ मा मारुती सुजुकीपछि देशको दोस्रो ठूलो कम्पनी हो। मारुती सुजुकीको बजार पुँजी लगभग ४८ अर्ब डलर छ। मारुती सुजुकीको आईपीओ सन् २००३ मा आएको थियो। हुन्डाई मोटर इन्डियाले आईपीओमार्फत १८ देखि २० अर्ब डलरसम्मको मूल्यांकन हासिल गर्ने लक्ष्य राखेको छ।

अमेरिका र दक्षिण कोरियापछि हुन्डाईले भारतमा सबैभन्दा बढी आम्दानी गर्छ। यो कम्पनीले आईपीओ ल्याएर पुँजीकरण बढाउन सक्छ। साथै, यसले बजारमा छिटो आफ्नो क्षमता विस्तार गर्न सक्छ।

हुन्डाई मोटर इन्डियाको १७.५ प्रतिशत सेयर बिक्री गर्न सक्नेछ। हुन्डाईले सार्वजनिक बजारमा आफ्नो प्रवेशलाई सहज बनाउन र यसलाई सफल बनाउन कोटक महिन्द्रा, सिटीबैंक, मोर्गन स्टेनली, जेपी मोर्गन र एचएसबीसीजस्ता लगानी बैंकहरुसँग जोडेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS