IME Life New

इकाइधनीलाई एनआईसी एसिया क्यापिटलको दसैँ खर्च, रु. ५०.७५ करोड प्रतिफल वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। एनआईसी एसिया क्यापिटलले एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित सामूहिक लगानी कोष योजनाहरुबाट आर्थिक वर्ष २०८०।८१ मा रु .५० करोड ७५ लाख ५ हजार ८५९.६१ नगद प्रतिफल वितरण गर्न सफल भएको छ।

उक्त प्रतिफल रकम एनआईसी एसिया डाइनामिक डेप्ट फन्डको हकमा सम्बन्धित इकाइधनीलाई भदौ ९ गतेदेखि तथा बन्दमुखी योजानहरुको हकमा मिति असोज ४ गतेदेखि उक्त प्रतिफल रकम सम्बन्धित इकाइधनीहरुको हितग्राही खातामा उल्लेखित बैंक तथा वित्तीय संस्थाको खातामा सोझै जम्मा वा रकमान्तरण गर्न सुरु गरिएको क्यापिटलले जानएको छ।

Esewa
Crest

यसका साथै विभिन्न आर्थिक वर्षहरुमा एनआईसी एसिया ग्रोथ फन्ड, एनआईसी एसिया व्यालेन्सड् फन्ड र एनआईसी एसिया डाइनामिक डेप्ट फन्डले वितरण गरिएको प्रतिफल रकम बुझिलिन बाँकी भएका इकाइधनीहरुको विवरण तथा विविध कारणबश प्रतिफल जम्मा नभएका वा फिर्ता भएका इकाइधनीहरुको विवरण फिर्ता तथा जम्मा नहुनुका कारण सहित एनआईसी एसिया क्यापिटलको वेभसाईटबाट प्राप्त गर्न सकिनेछ।

नियमित रुपमा प्रतिफल वितरण गर्न सफल खुलामुखी योजना ‘एनआईसी एसिया डाइनामिक डेप्ट फन्ड’ अन्तर्गत सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी) तथा सिस्टमेटिक विथड्रल प्लान (एसडब्ल्यूपी) योजनाहरुसमेत सञ्चालन गरिरहेको र उक्त योजनामा अनलाईन मार्फत सहज रुपमा सहभागी हुन मिल्ने व्यवस्था मिलाइएको छ।

यसैगरी क्यापिटलले आर्थिक वर्ष २०८०।०८१ मा क्यापिटलको शेयरधनीलाई ५२.५३ प्रतिशत नगद लाभांश अर्थात रु.१० करोड ५० लाख भन्दा बढी र सामूहिक लगानी कोष योजनाहरुको इकाइधनीहरुलाई रु.५० करोड ७५ लाख भन्दा बढी प्रतिफल गरी जम्मा रु.६१ करोड २५ लाख भन्दा बढी रकम लाभांशको रुपमा वितरण गर्न सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS