काठमाडौं । पछिल्लो समय फाइनान्सको मूल्य तीव्र रुपमा वृद्धि हुँदा अहिले घट्दा पनि तीव्र रुपमा घटेको देखिन्छ । कुनै फाइनान्सको उच्च विन्दुबाट बजार मूल्य ४८ प्रतिशतसम्म घटेको छ । पछिल्लो समय नेपाल फाइनान्सको शेयर मूल्य २६१४ दशमलव ९० सम्म पुगेकोमा अहिले कम्पनीको बजार मूल्य १३६५ रुपैयाँ ९० पैसा छ । कम्पनीको बजार मूल्य उच्च मूल्य बाट १२४९ (४७ दशमलव ७६ प्रतिशत) रुपैयाँ घटेको छ ।
त्यस्तै दोश्रोमा जानकी फाइनान्सको शेयर मूल्य ५६७ रुपैयाँ छ । कम्पनीको पछिल्लो समय उच्च मूल्य ८८० रुपैयाँ पुगेकोमा कम्पनीको बजार मूल्य ३१३ रुपैयाँ (३५ दशमलव ५७ प्रतिशत) ले घटेको छ ।