IME Life New

नबिल म्युचुअल फन्डका दुई योजनाको लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई योजनाको लाभांश घोषणा गरिएको छ।

योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०।८१ का लागि नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल फ्लेक्सी क्याप फन्डको लाभांश घोषणा गरेको हो। जसअनुसार ब्यालेन्स्ड फन्ड–२ को ८ प्रतिशत र फलेक्सी क्याप फन्डका लागि ५ प्रतिशत करसहित नगद प्रतिफल दिने निर्णय गरिएको छ।

Esewa
Crest

घोषित प्रतिफल वितरणार्थ योजना व्वस्थापकले ब्यालेन्स फन्ड–२ का लागि असोज ११ गते र फ्लेक्सी क्याप फन्डका लागि भदौ २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम इकाइधनीहरुले यी दुई योजनाको लाभांश पाउन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS