IME Life New

सानिमा म्युचुअल फन्डका यी ३ योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको प्रतिफल सुरक्षित गर्ने आज भदौ २५ गते अन्तिम दिन रहेको छ।

योजना व्यवस्थापक सानिमा क्यापिटलले सानिमा इक्विटी फन्ड, सानिमा लार्ज क्याप फन्ड र सानिमा ग्रोथ फन्डको २०८०।८१ का लागि घोषित प्रतिफल वितरण गर्न भोलि भदौ २६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज भदौ २५ गतेसम्म कायम इकाइधनीले यी योजनाको घोषित प्रतिफल पाउनेछन्।

Esewa
Crest

सानिमा क्यापिटलको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले सानिमा इक्विटी फन्ड, सानिमा लार्ज क्याप फन्ड र सानिमा ग्रोथ फन्डको प्रतिफल घोषणा गरेको थियोे। जसअनुसार इकाइधनीहरुलाई करसहित इक्विटी फन्डमा १५ प्रतिशत, लार्ज क्याप फन्डमा १० प्रतिशत र ग्रोथ फन्डमा १० प्रतिशत नगद प्रतिफल वितरण गर्ने क्यापिटलले निर्णय गरेको छ।

घोषित प्रतिफलअनुसार इकाइधनीहरुलाई इक्विटीमा १९ करोड ५० लाख रुपैयाँ, लार्ज क्याप फन्डमा १२ करोड रुपैयाँ र ग्रोथ फन्डमा ६ करोड ७२ लाख ५३ हजार २६० रुपैयाँ नगद प्रतिफल वितरण गरिनेछ। यी ३ वटै म्युचुअल फन्ड बन्दमुखी योजना हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS