IME Life New

बीमा ऐन लागू भएको करिब २ वर्षपछि नियमावली ल्याइँदै, सरकारले कहिले गर्ला स्वीकृत ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा ऐन जारी भएको करिब २ वर्षपछि बीमा नियमावली ल्याउने तयारी गरिएको छ।

ऐनको पूर्ण कार्यान्वयनका लागि बीमा नियमावली एउटा महत्वपूर्ण माध्यम हो। ऐनमा प्रस्ट नभएका तर ऐनले आशय व्यक्त गरेका विषयलाई कार्यान्वयनमा ल्याउन सहजता प्रदान गर्न नियमावलीले मार्गदर्शकका रुपमा काम गर्छ।

Esewa
Crest

बीमा ऐन कार्यान्वयन गर्ने अधिकार प्राप्त निकाय नेपाल बीमा प्राधिकरणले ऐन लागू भएको करिब ६ महिनापछि अर्थ मन्त्रालयसमक्ष नियमावलीको मस्यौदा पेस गरेको थियो। तर, करिब २ वर्षपछि मात्रै अर्थ मन्त्रालयले नियमावली स्वीकृतिका लागि मन्त्रिपरिषदको कार्यालयमा पेस गरेको छ।

अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले बीमा नियमावली स्वीकृतिका लागि मन्त्रिपरिषदको कार्यालयमा पेस गरिसकेको बताए। ‘अर्थ मन्त्रालयबाट पारित भएर बीमा नियमावली मन्त्रिपरिषदको कार्यालय पुगेको छ’, उनले भने, ‘मन्त्रालयबाट पारित भएको ४८ घन्टाभित्र स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेस गर्नुपर्छ, त्यसैले २–३ दिनअघि नै मन्त्रिपरिषदको कार्यालयमा बीमा नियमावली पेस गरिसकिएको छ।’

अब मन्त्रिपरिषदको बैठकले बीमा नियमावली स्वीकृत गरेपछि लागू हुने प्रवक्ता भट्टराईले बताए। ‘सम्भवतः अबको एक साताभित्र नियमावली जारी हुन सक्छ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS