IME Life New

जीवन बीमकले त्रैमासको अन्तिम दिन बीमा प्रस्ताव स्वीकृत गर्न नपाउने, इन्सेन्टिभ र स्किममा यस्तो निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब जीवन बीमा कम्पनीले त्रैमासको अन्तिम दिन बीमा प्रस्ताव स्वीकृत गर्न र नयाँ बीमालेख जारी गर्न नपाउने भएका छन्। नियामक नेपाल बीमा प्राधिकरणले सबै जीवन बीमकका नाममा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो।

जीवन बीमकले अभिकर्तालाई प्रदान गर्ने इन्सेन्टिभ(प्रोत्साहन) लगायतका सुविधाको कट अफ डेट(अन्तिम दिन) आवधिक वित्तीय विवरण पेश गर्ने मितिसँग मिल्न गएकोले तोकिएको समयमै वित्तीय विवरण तयार गर्न कठिनाई भएको भन्दै नियामकले यस्तो निर्देशन जारी गरेको हो । प्राधिकरणका अनुसार बीमकलाई बीमा कारोबारको डे इन्ड (दैनिक कारोबार बन्द) गरेर त्रैमासिक कारोबार विवरण वास्तविक समयमै पेश गर्न दिइएको निर्देशन कार्यान्वयनमा समेत अन्तिम दिनको कारोबारले समस्या देखिएकाले निर्देशन जारी गरिएको हो।

Esewa
Crest

प्राधिकरणलाई कारोबारको विवरण पेश गर्ने अन्तिम दिनको मध्यरातसम्म पनि बीमालेख जारी गर्ने कार्य चलिरहँदा बीमकबाट कारोबारको विवरण प्राप्त गर्न ढिलाई भएको निष्कर्ष सहित प्राधिकरणले प्रत्येक त्रैमासको अन्तिम दिनको अघिल्लो दिनमै सम्बन्धित महिनाको बीमालेख जारी गर्ने कार्य बन्द निर्देशन दिएको हो।

प्रत्येक त्रैमासिक अवधिको अन्तिम दिन कुनै पनि बीमा प्रस्ताव स्वीकृत नगर्न प्राधिकरणले निर्देशन दिएको छ। तर, उक्त दिनको अघिल्लो दिसम्म स्वीकृत भएका प्रस्तावहरुका लागि बीमालेख जारी गर्न सकिने प्राधिकरणले जनाएको छ।

यसैगरी अभिकर्ताका लागि मासिक वा त्रैमासिक लक्ष्य तोक्दा, प्रोत्साहन लागू गर्दा प्रत्येक महिनाको २८ गतेभित्र पूरा गरि सक्नुपर्ने गरी तोक्न समेत प्राधिकरणले निर्देशन दिएको छ।

प्राधिकरणले २८ गतेपश्चात जारी गरिने बीमालेखवापतको व्यापार मासिक वा आवधिक लक्ष्य, प्रोत्साहन वा प्रवर्द्धनात्मक योजनामा समावेश नगरी अर्को महिनामा समावेश गर्न समेत निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

20%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS