GBIME
IME Life

अन्तर्राष्ट्रिय बीमा सम्मेलनको दुई महत्वपूर्ण शत्रमा नेपाली विज्ञको प्रस्तुती हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणको नेतृत्वमा आउँदो कात्तिक महिनामा नेपालमा आयोजना गर्न लागिएको समावेशी बीमा सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलनमा विश्वका ५० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुने भएका छन् । म्युनिख रि फाउण्डेशन र माइक्रो इन्स्योरेन्स नेटवर्कको सहयोगमा प्राधिकरणसहित नेपाल बीमक संघ र जीवन बीमक संघले संयुक्तरूपमा यो सम्मेलनको आयोजना गर्न लागेका हुन् ।

सम्मेलनमा एशियाली मुलुक नेपाल, बंगलादेश, श्रीलंका, पाकिस्तान,भारत, फिलिपिन्स, कम्बोडिया, थाइल्याण्ड, यूरोपेली मुलुक फ्रान्स, बेल्जियम, कोलम्बिया, जर्जिया, बेलायत,  स्वीजरल्याण्ड, जर्मनी, नेदरल्याण्ड, क्यानेडा, अफ्रिकी मुलुक मालावी,  इथियोपिया, दक्षिण अफ्रिका, केन्या, रूवाण्डा, घाना, जाम्बिया,फिजिका साथै  अमेरिकी संस्थाका प्रतिनिधिहरू सहभागी हुनेछन् ।

SKYWELL
Crest

होटल याक एण्ड यतीमा कातिक ५ देखि ९ गतेसम्म यो सम्मेलनको आयोजना गरिने छ। सम्मेलन आयोजनका लागि गठन गरिएको २० सदस्यीय आयोजक समितिमा नेपालबाट चारजनाको सहभागिता रहेका छन् । आयोजक समितिको नेतृत्व नेपाल बीमा प्राधिकरणको निर्देशक पुजन ढुङ्गेल अधिकारीले गरेकी छिन्। नेपालमा पहिलो पटक यो सम्मेलनको आयोजना गर्न लागिएको हो ।

अन्तर्राष्ट्रिय सम्मेलन अन्तर्गत आयोजना गरिने विभिन्न शत्रमध्ये दुइवटा महत्वपूर्ण शत्रमा नेपाली बीमा विज्ञहरूले सहभागिहरूबीच अनुभव बाँड्ने भएका छन्। समावेशी बीमा र बीमाङ्की पेशा सम्बन्धमा नेपाली विज्ञहरूले छलफल गर्ने भएका हुन्।

आयोजक संस्थाका अनुसार अन्तर्राष्ट्रिय सम्मेलनमा प्रविधिको प्रयोगबाट बीमाको बिस्ता, समावेशी बीमा, नेपालमा समावेशी बीमा बजार प्रवर्द्धनका लागि के गर्नुपर्छ ? भन्ने विषयमा अगुवा बीमकबीच अन्तरकृया कार्यक्रम हुने भएको छ। अन्तरकृयामा निर्जीवन बीमकको तर्फबाट शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी दिप प्रकाश पाण्डे, जीवन बीमक संघको तर्फबाट सिटीजन लाइफका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, नियामकको तर्फबाट निर्देशक पुजन ढुङ्गेल अधिकारी, लघु बीमक संघको तर्फबाट अध्यक्ष चिरायु भण्डारीले बीमाको माध्यमबाट समावेशीकरण सम्बन्धमा धारणा व्यक्त गर्नेछन् । यो छलफलमा नेपाल र दक्षिण एशियाली क्षेत्रमा समावेशी बीमा योजनाहरूको विकासका लागि संभावना र चुनाैतीका विषमाय छलफल हुनेछ।

यसबाहेक समावेशी बीमा विकास र स्थायी आर्थिक विकासका लागि एक्चुअरी(बीमाङ्की) दक्षता अभिवृद्धि विषयमा पनि नेपाली र विदेशी विज्ञहरूबीच छलफल हुने भएको छ। नेपालबाट लिबर्टी माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव, एक्चुअरीयल सोसाइटी अफ नेपालकी अध्यक्ष प्रेक्षा माथेमा, बीमा प्राधिकरण निर्देशक पुजन ढुङ्गेल अधिकारी र अमेरिकी परामर्शदातृ संस्था माइक्रो इन्स्योरेन्स सेन्टर एट मिलिमनका प्रबन्ध निर्देशक माइकल जे म्याककर्डले विचार व्यक्त गर्नेछन् । आयोजकका अनुसार यो शत्रमा परम्परागत र समावेशी बीमा बजारका लागि बीमाङ्कीय क्षमता अभिवृद्धिको महत्वबारेमा चर्चा गरिनेछ। साथै बजारको आवश्यक्ता र बीमाङ्की जनशक्ति बीचको खाडल पूर्तीसँगै बीमाङ्की पेशाको स्थायीत्वमार्फत समावेशी बीमा सुनिश्चित गर्नका लागि बीमा नियामक र विकास नियोगहरूको भूमिकाबारे पनि चर्चा गरिनेछ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS