IME Life New

लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बन्यो एभरेष्ट, बोनस र नगद कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ। एभरेष्ट गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गर्ने पहिलो वाणिज्य बैंकको हो।

बैंक सञ्चालक समितिको आज बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल १५.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जसमा १० प्रतिशत बोनस शेयर र करसहित ५.५३ प्रतिशत नगद लाभांश रहेका छन्।

Esewa
Crest

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

बैंकको हालको चुक्तापुँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार ८८० रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

47%
happy

खुसी

21%
sad

दु :खी

16%
amazed

अचम्मित

5%
excited

उत्साहित

11%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS