IME Life New

वैदेशिक रोजगार बीमाको व्यापारमा झन्डै आधा हिस्सा सन नेपाल लाइफको, अरुको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो महिना साउनमा जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेख बिक्री गरेर करिब पौने २५ करोड रुपैयाँको व्यापार गरेका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार १० वटा जीवन बीमा कम्पनीले वैदेशिक रोजगार बीमालेख बिक्री गरेर २४ करोड ७२ लाख ४२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। साउनमा यी कम्पनीहरुले ५८ हजार ७९८ वटा बीमालेख बिक्री गरेका छन्।

Esewa
Crest

साउनमा सर्वाधिक वैदेशिक रोजगार बीमाको व्यापार गर्नेमा सन नेपाल लाइफ रहेको छ। यो कम्पनीले ११ करोड ७५ लाख २८ हजार रुपैयाँ वैदेशिक रोजगार बीमाबापत कुल बीमाशुल्क आर्जन गरेको छ। यो साउनको कुल वैदेशिक रोजगार बीमा व्यापारको ४७.५४ प्रतिशत हिस्सा हो।

दोस्रोमा एसियन लाइफ रहेको छ। एसियन लाइफले वैदेशिक रोजगार बीमालेख बिक्री गरेर ५ करोड ३१ लाख ४६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। कुल वैदेशिक रोजगार बीमा व्यापारमा एसियन लाइफको हिस्सा २१.५० प्रतिशत रहेको देखिन्छ।

यसैगरी वैदेशिक रोजगार बीमाको व्यापार गर्ने तेस्रो ठूलो कम्पनीमा नेसनल लाइफ रहेको छ। यो कम्पनीले वैदेशिक रोजगार बीमालेख बिक्री गरेर १ करोड ९५ लाख २० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। कुल व्यापारमा नेसनल लाइफको हिस्सा ७.९० प्रतिशत रहेको छ।

साउनमा वैदेशिक रोजगार बीमालेख बिक्रीबाट सानिमा रिलायन्स लाइफले १ करोड ३४ लाख ७१ हजार रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ३३ लाख ४६ हजार रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सले १ करोड २१ लाख ७३ हजार रुपैयाँ, रिलायबल नेपाल लाइफले ९० लाख ३० हजार रुपैयाँ, सिटिजन लाइफले ८१ लाख ५ हजार रुपैयाँ, आइएमई लाइफले ८ लाख ६० हजार रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले ६३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS