IME Life New

एनआईसी एसियाका ४ म्युचुअल फन्डको लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ इकाइधनी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाको लाभांश वितरणार्थ बुक क्लोजको मिति तय गरिएको छ।

योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटलले ती ४ योजनाको लाभांश वितरण गर्न भदौ २८ गते बुक क्लोज गर्ने भएको छ। यसको मतलब भदौ २७ गतेसम्म कायम इकाइधनीले यी ४ योजनाको लाभांश पाउनेछन्।

Esewa
Crest

आर्थिक वर्ष २०८०।८१ का लागि इकाइधनीहरुलाई करसहित एनआईसी एसिया सेलेक्ट–३० मा १४ प्रतिशतले हुन आउने १७ करोड ५० लाख रुपैयाँ, फलेक्सी क्याप फन्डमा १०.५ प्रतिशतले हुन आउने १० करोड ७१ लाख रुपैयाँ, ग्रोथ फन्डमा ९.५ प्रतिशतले हुन आउने ७ करोड ९३ लाख ४४ हजार रुपैयाँ र ब्यालेन्स्ड फन्डमा ९.२५ प्रतिशतले हुन आउने ६ करोड ९८ लाख ३७ हजार ५०० रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय क्यापिटलले गरेको छ।

यी ४ वटै म्युचुअल फन्ड बन्दमुखी योजना हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS