IME Life New

चिनियाँ मोटर बीमा बजार करिब १५९ अर्ब डलरको हुने, यो वर्ष ५.२%ले बढ्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अबको ४ वर्षमा चीनको मोटर बीमा बजार करिब १५९ अर्ब डलरको हुने अनुमान गरिएको छ।

ग्लोबल डेटाका अनुसार सन् २०२८ सम्म चीनको मोटर बीमाको कुल प्रिमियम ५.४ प्रतिशतको वार्षिक बढोत्तरीका साथ १५८.९ अर्ब डलर पुग्ने अनुमान गरिएको छ। यो वर्ष भने मोटर बीमाको कुल प्रिमियम ५.२ प्रतिशतले बढेर १२७.४ अर्ब डलर हुने ग्लोबल डेटाको अनुमान छ।

Esewa
Crest

सहज नियामक व्यवस्थाको विकास र न्यु इनर्जी भेहिकल (एनईभी)को बढ्दो मागले मोटर बीमाको बजार बढ्ने अनुमान गरिएको हो। चिनियाँ मोटर बीमा बजारले सन् २०२२ र २०२३ मा पनि ५.६ प्रतिशतको बढोत्तरी देखेको थियो। जब कि सन् २०२१ मा ५.७ प्रतिशतले मोटर बीमाको बजार खस्केको थियो।

चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरिङ (सीएएएम) वर्ष २०२४ को पहिलो त्रैमासमा चीनमा गाडी बिक्री अघिल्लो वर्षको यही अवधिको तुलनामा १०.६ प्रतिशतले बढेको छ। पहिलो त्रैमासमा ६७ लाख २० हजार युनिट गाडी बिक्री भएको सीएएएमले जनाएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS